विकू बचतकाे सम्पत्ति ४४ प्रतिशतले बढ्याे, १९ कराेड मुनाफा आर्जन
गैंडाकोट, ५ मंसिर
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा १९ करोड १ लाख ८२ हजार सञ्चालन मुनाफा गर्न सफल भएको छ । संस्थाकाे आम्दानी ५८ करोड २ लाख ८५ हजार र ४० करोड ४ लाख ३३ हजार खर्च भएको संस्थाका कोषाध्यक्ष कालिदाश गौडेलले बताउनुभ!यो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४४ प्रतिशतले कुल सम्पत्तिमा वृद्धि गरेको छ । संस्थाको ५ अर्ब ६७ करोड ५१ लाख कुल सम्पत्ति पुगेको छ । विकूमा कार्तिक मसान्तसम्म ७१ हजार १ सय बढी शेयर सदस्य पुगेका छन् भने कुल शेयर पुँजी ५८ करोड २ लाख नाघेको संस्थाले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विकूले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा निक्षेप संकलनमा करिब ४८ प्रतिशतले वृद्धि गरेको छ । संस्थाको निक्षेप संकलन ४ अर्ब ६० करोड ७१ लाख रहेको छ ।
विकूले २०७६/७७ मा ७ हजार ७ सय ९० जना शेयर सदस्यहरुलाई ऋण लगानी गरेको छ । विकूले सो वर्ष ७ हजार बढी सदस्यहरुका लागि करिब ३ अर्ब १६ करोड बढी ऋण लगानी गरेको छ ।
विकू बचत तथा ऋण सहकारी संस्थाको ३१ औँ साधारण सभा आजदेखि सुरु भएको छ । आजदेखि सुरु भएको वार्षिक साधारण सभा १५ गतेसम्म जारी विकू साकोसका सचिव प्रेमप्रसाद सापकोटाले बताउनुभएको छ ।
विकू साकोसको वार्षिक प्रतिवेदन संस्थाको वेभसाइट तथा सामाजिक सञ्जाल मार्फत पढ्न र हेर्न सकिने गरि व्यवस्था मिलाइएको संस्थाले जनाएको छ । कोरोना भाइरसको संभावित संक्रमणको जोखिमका कारण सहकारी विभागको परिपत्र अनुसार सुरक्षाको मापदण्ड अपनाइ फरक तरिकाले वार्षिक साधारण सभाको आयोजना गरिएको विकू साकोसका अध्यक्ष ओमप्रसाद सापकोटाले बताउनुभयो । यसैगरी शनिबार विहान ११ बजेबाट विजय एफएम लगायत चितवन नवलपुरका ८ वटा रेडियो स्टेशनबाट साधारणसभाका प्रतिवेदनहरु सुन्न सकिने संस्थाले जनाएको छ ।
मंसिर १५ गतेसम्म वेभसाइट, सामाजिक सञ्जाल अथवा रेडियो स्टेशनबाट प्रसारण हुने वार्षिक प्रतिवेदनहरु सुनेर अथवा केन्द्रीय कार्यालय र सेवा केन्द्रमा पुगि वार्षिक प्रतिवेदन बुझी आफ्ना सुझाबहरु लिखित अथवा मौखिक रुपमा राख्न सकिने व्यवस्था मिलाइएको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले बताउनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार