९ वटा सहकारी संस्था कालोसूचीमा, कुन-कुन परे ?
काठमाडौं, ३ मंसिर
कर्जा सूचना केन्द्रले हालसम्म ९ वटा विभिन्न प्रकृतिका सहकारी संस्थालाई कालोसूचिमा राखेको छ । कर्जा सूचना केन्द्रले ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई कालोसूचिमा राख्दै आएको छ ।
कार्तिक महिनामा मात्रै दुई वटा सहकारी संस्था कालोसूचिमा परेका छन् । केन्द्रले कार्तिक २ श्री राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था र कार्तिक २६ प्राईम बचत तथा ऋण सहकारी संस्था कालोसूचिमा राखेको हो ।
त्यस्तै रानीवन कृषि सहकारी संस्थालाई पनि २०७७ असार ३० गते कालोसूचिमा राखेको छ । यसअघि २०७६ जेठ ५ पनि यो संस्था कालोसूचिमा परेको थियो ।
२०७६ कार्तिक ५ गते हितैसी बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचिमा परेको थियो । २०६० पुस २८ गते शैक्षिक समाज सहकारी संस्था, २०७० कार्तिक ७ गते श्री महिला जनउत्थान दुग्ध उत्पादक सहकारी संस्था, २०७१ फागुन २५ गते सिटी बचत तथा ऋण सहकारी संस्था कालोसूचिमा परेको थियो । त्यस्तै राधा कृष्ण दुग्ध उत्पादक सहकारी संस्था २०७३ चैत ३० र मनीस्ट्रीरी बहुउद्देश्यीय हकारी संस्था २०७६ असार १६ गते कालोसूचिमा परेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार