चन्द्रागिरि साकोसले सुरु गर्यो एटिएम सेवा
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले लक्ष्मीपुजाको अवसर पारी एटिएम सेवा सुरु गरेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले संस्थामा आयोजित एक कार्यक्रमका बीच संस्थाको ए.टि.एम. सेवाको उद्घाटन गर्नुभएको हो । स्मार्ट च्वाईस टेक्नोलोजी (एस.सि.टी.) मा आवद्ध भई संस्थाले उक्त सेवा आफ्ना सदस्यहरुलाई उपलब्ध गराएको हो । उद्घघाटन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले चन्द्रागिरि एटिएम सेवा लिने संस्थाका सदस्यहरुले विभिन्न वाणिज्य बैंक, विकास बैंक, फाईनान्स कम्पनि तथा देशभर ए.टि.एम. सेवा सञ्चालन गरेका सहकारी संस्थाहरुको साथै युनियन पेसंग आवद्ध भएका जुनसुकै बैंक वित्तीय संस्थाका एटिएमबाट रकम निकाल्न सकिने कुरा व्यक्त गर्नुभयो । बदलिँदो समय र कोरोना महामारीको बीचमा पनि संस्थाले सदस्यहरुलाई आधुनिक डिजिडल सेवा दिन सफल भएकोमा खुसी व्यक्त गर्दै सहकारी संस्थाहरुले प्रतिस्पर्धी सेवा दिदै समुदायमा रोजगारी सृजना गर्न अझ प्रत्यक्ष भूमिका खेल्नुपर्ने कुरामा जोड दिनु भयो । संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले एक दशक अघिदेखि देख्दै आएको सपना आज आएर साकार भएकोमा सन्तोष व्यक्त गर्दै सदस्यहरुलाई सेवाहरुद्वारा सधै सन्तुष्ट राख्न प्रयत्न गरिने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका प्रविधि साझेदार कम्पनि फिनासोल आई.टि. सोलुसन्सका रत्नकुमार गिरी, हाम्रो टेक्नोलोजीका विष्णु महर्जन लगायत एटिएम सेवाका सेवाग्राही सदस्यहरुको समेत उपस्थिति रहेको थियो । संस्थाले लक्ष्मीपुजाको दिन कार्तिक २९ गतेसम्म एटिएम कार्ड निशुल्क वितरण गरेको थियो भने केही समय सम्म फरक बैंक वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्दा लाग्ने शुल्कलाई सदस्यहरुको निःशुल्क गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार