मिलिजुली साकोसको एक्सेस ब्राण्ड रद्द र सिइओलाई निलम्बन गर्न अक्कुको पत्राचार
काठमाडौं, २६ कार्तिक
एसियाली ऋण महासंघ (अक्कु) ले मिलिजुली कालिञ्चोक साकोसका सिइओलाई निलम्बन वा एक महिना बिदामा राखेर निष्पक्ष छानबिन गर्न पत्राचार गरेको छ ।
अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलेनिता भि।सानरोक्युले मंगलबार नेफस्कूनका कायम मुकायम सिइओ प्रकाश पोखरेललाई पत्राचार गरेको हो ।
एक्सेस ब्राण्ड वितरणमा आर्थिक चलखेल भएको समाचार सार्वजनिक भएसँगै अक्कुले नेफ्स्कूनलाई पत्र लेखेको हो । पत्रमा अक्कुले मिलिजुली साकोसले पाएको एक्सेस ब्राण्ड रद्द गर्न नेफ्स्कून भनेको छ । ब्राण्ड रद्द गरेको औपचारिक रुपमा घोषणा गरेको जानकारी संस्थालाई दिन भनिएको छ । नेफ्स्कूनले ब्राण्ड रद्द गरेको घोषणा गरेपछि संस्थाले पाएको ब्राण्ड अनुसन्धान रिपोर्ट नआएसम्म अक्कुले खारेज गर्ने पत्रमा भनिएको छ ।
कर्मचारी खटाएर अनुसन्धान गर्न पनि अक्कुले नेफ्स्कूनलाई अनुरोध गरेको छ । त्यस्तै एक्सेस ब्राण्ड कोअडिनेटरलाई परिवर्तन गर्न पनि अक्कुले नेफ्स्कूनलाई अनुरोध गरेको छ ।
नेफस्कूनका कायम मुकायम सिइओ प्रकाश पोखरेलले यस विषयमा अनुसन्धान सुरु भैसकेको जानकारी दिनुभयो । नेफ्स्कूनका अधिकृतद्धय बल्लभ तिमल्लसिना र दिपक अर्याललाई नेफ्स्कूनले अनुसन्धानको लागि खटाएको छ । यस अघि संस्थामा प्रत्यक्ष संलग्न नभएको व्यक्ति अनुसन्धानमा खटाएको पोखरेलले जानकारी दिनुभयो ।
‘अक्कुले पत्राचार नगर्दै अनुसन्धानका लागि कर्मचारी खटाएका छौं’, उहाँले भन्नुभयो, ‘निष्पक्ष छानविन गरेर सत्य तथ्य बाहिर ल्याउँछौं ।’ गल्ती भेटिए कारबाही हुने उहाँको भनाई छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार