उद्यम गर्न चाहनेले वार्षिक २ % व्याजदरमा १ करोडसम्म ऋण पाउने
सुर्खेत : अब उद्यम गर्न चाहानेले वार्षिक २ प्रतिशत व्याजदरमा १ करोडसम्म ऋण पाउने भएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिकले अब उद्यम गर्न चाहेमा पैंसाको कारण रोकिनुपर्ने छैन ।
कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहानेका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र कृषि विकास बैंकबिच भएको सम्झौता अनुसार उद्यम गर्न चाहाने व्यक्ति तथा फर्मलाई वार्षिक २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराइने छ ।
यसरी ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले १ लाख रकमको वार्षिक २ हजार मात्रै व्याज तिर्नुपर्नेछ । ऋण लिदाँ उनीहरुले धितो भने अनिवार्य राख्नुपर्ने छ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजना अनुसार १ लाखदेखि १ करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ ।
कृषि विकास वैङ्क मार्फत १० वटा जिल्लाका १८ वटा शाखाबाट २ प्रतिशत वार्षिक व्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंक र मन्त्रालयबिच सम्झौता भएको हो ।
कृषि मन्त्री विमला केसीले यो अवसरलाई प्रयोग गरी कर्णालीको कृषिमा क्रान्ती ल्याउन सबैमा अनुरोध गर्नुभएको छ । यस अवसरलाई सकारात्मक रुपमा प्रयोग गर्नसके कसैले बेरोजगार बस्न नपर्ने उहाँको भनाइ छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार