विनयी त्रिवेणी गाउँपालिकालाई विकू बचतले दियो एम्बुलेन्स
गैंडाकोट, २४ कार्तिक
विकू बचत तथा ऋण सहकारी संस्थाले नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । साविक जनकल्याण बहुमुखि सहकारी संस्थाले बिगत केही समयदेखि स्थानिय स्तरमा एम्बुलेन्स सेवा सञ्चालन गर्दै आईरहेको थियो ।
विकू बचत तथा ऋण सहकारी संस्था र साविक जनकल्याण बहुमुखि सहकारी संस्था एकीकरण पश्चात विकूको तर्फबाट ऐम्बुलेन्स सेवा सञ्चालन हुँदै आएको थियो । निरन्तर सामाजिक उत्तरदायित्व, सहकार्य तथा सामुहिक एकता र माननिय भावनाबाट प्रेरित भई स्थानिय स्तरमा नै सदस्य एवं गैर सदस्य हरुलाई सेवा प्रवाह गर्न गाउँपालिकालाई उक्त एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

शुक्रबार भएको कार्यक्रममा विकूका अध्यक्ष ओम प्रसाद सापकोटाले लिखित सम्झौता आदान प्रदान एवं एम्बुलेन्सको सवारी दर्ता प्रमाण पत्र तथा चावी, गाउँपालिका प्रमुखलाई हस्तान्तरण गर्नुभएको थियो । एम्बुलेन्स ग्रहण गर्दै विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिले गाउँपालिकाका गम्भिर बिरामीलाई समयमानै अस्पताल पु¥याउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । विकूको यस कार्यलाई गाउँपालिका बासीले कहिलेही नबिर्सिने बताउँदै विकूको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।साथै यस गाउँपालिकाको तर्फबाट सहयोगको प्रत्तिवद्धत्ता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मिनम कुमारी राना मगर, वडा अध्यक्ष ज्यूहरु, स्थानिय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानिय समाजसेवी, संस्थाका संचालकज्युहरु, एवं उच्च व्यवस्थापनको सहभागिता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार