थप २० शाखा विस्तार गर्दै राष्ट्रिय सहकारी बैंक
काठमाडौं, २४ कात्तिक
राष्ट्रिय सहकारी बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट थप २४ शाखा सञ्चालनको अनुमति पाएको छ । सोही अनुरुप बैंकले शाखा सञ्चालनको प्रक्रिया थालनी गरेको छ । आइतबार मात्रै काठमाडौ र भक्तपुरका विभिन्न स्थानमा एकै दिन थप ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । भक्तपुरको कमलविनायक तथा काठमाडौंको किर्तिपुर, कालीमाटी र जोरपाटीमा आइतवार एकै दिन शाखा शुभारम्भ गरिएको हो ।
यस लगत्तै थप २० वटा शाखा पनि सञ्चालनमा ल्याउने तयारी गरेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । काठमाडौमा नारायणगोपाल चोक, नया बजार, पुतली सडक, बलम्बु र कोटेश्वर, भुक्तपुरको सूर्यविनायक, ललितपुरको इमाडोल र चितवनको टाडीमा पनि शाखा सञ्चालनको तयारी छ ।
यस्तै प्रदेश नं. १ मा झापाको मेचीनगर, सुनसरीको इनरुवा र मोरङको सुन्दरहरैचा, प्रदेश नं. २ मा बाराको कलैया, गण्डकी प्रदेशमा कास्कीको तालचोक र स्याङ्जाको पुतलीबजार, लुम्बिनी प्रदेशमा रुपन्देहीको भैरहवा र तिलोत्तमा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको भुरीगाउँ तथा सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनको तयारी भैरहेको बैंकले जनाएको छ ।
४४ वटा शाखामार्फत सदस्यहरु लाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले आगामी पुस मसान्त भित्र ६८ वटै शाखामार्फत सेवा सञ्चालन गर्ने भएको छ । शाखासंगै शाखारहित सेवाको समेत तयारी भैरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
सहकारी बैंकका सदस्य संस्थाहरु ७७ वटै जिल्लामा छन् । बैंकको शाखा र शाखारहित सेवा सबै जिल्ला, महानगरपालिका र उपमहानगरपालिका हुदै नगरपालिका र गाउँपालिकासम्म पु¥याउने योजनाका साथ अगाडि बढेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिनुभयो ।
बैंकमा हाल १२ हजार २ सय ८३ सहकारी संघ संस्था सदस्य रहेका छन् । नेपाल सरकार सहित देशभरका सहकारी संघ सस्थाहरुको शेयर रहेको बैंकमा हाल २ अर्ब ४८ करोड शेयर रकम, ५१ अर्ब ३६ करो निक्षेप र २४ अर्ब २८ करोड कर्जा लगानी रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार