नवीन प्रविधिमा पाेखरा राेयलकाे फड्काे, ई-टेलर सुविधाको शुभारम्भ
पोखरा : नविन प्रविधिमा सदस्यहरुको पहुँच बढाउने उद्देेश्यका पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले रोयल स्मार्ट बैैकिङ्ग एपको प्रयोगमार्फत ई-टेलर सुविधाको शुभारम्भ गरेको छ । ई-टेलर मार्फत सदस्यहरुले चेक तथा भुक्तानी पूर्जा (चेक) बिना नै आफ्नो खातामा रहेको रकम झिक्न पाउने व्यवस्था संस्थाले मिलाईएको छ । एन्ड्रोईड र आई.ओ.एस दुबै माध्यममा उपलब्ध उक्त एपमा रहेको क्यूआर सेवा प्रयोग गरी संस्थाको नगद काउन्टरमा रहेको QR कोडलाई स्क्यान गरेर दैनिक १ लाख सम्मको नगद भुक्तानी लिन सकिनेछ । 
कोभिड महामारीको बेला सदस्यहरुलाई छिटो छरितो सेवा प्रदान गर्न, सहकारीको सेवाहरुलाई क्रमशः विधुतीय प्रणाली मार्फत सञ्चालन गर्न ईटेलर सुविधा प्रारम्भ गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो । यो प्रविधीले सरल, सुरक्षित र समयको बचत हुनेे उहाँँकाे भनाइ छ । हाल यो सुविधा संस्थाको प्रधान कार्यालयसहित तनहुँको दुलगेगौंडा सेवा केन्द्र, भण्डारढिक सेवा केन्द्र र मोहरिया सेवा केन्द्रबाट समेत उपभोग गर्न सकिने उहाँले बताउनुभयो । यसभन्दा अगाडि संस्थाले आफ्ना सेवाहरुलाई प्रविधीमैत्री बनाउने क्रममा एटिएम सेवा, एस एम एस सेवा, रोयल स्मार्ट बैकिङ्ग, अनलाईन मार्फत सदस्यता फारम भर्ने आदि सेवाहरु प्रदान गरिसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार