३० असार २०८३, मङ्गलबार

सहकारी क्षेत्रका ४ जनालाई जनसेवा पदक

२०७७ असोज ४, आईतवार
सहकारी क्षेत्रका ४ जनालाई जनसेवा पदक

काठमाडौं, ४ असोज

५ औं संविधान दिवसको अवसरमा नेपाल सरकारले यस वर्ष सहकारी क्षेत्रसम्बद्ध ४ जनालाई जनसेवा पदकबाट विभुषित गर्ने भएको छ ।

सरकारले सहकारी क्षेत्रबाट १ जना प्रबल जनसेवा श्री (तृतीय), २ जना प्रबल जनसेवा श्री (चौथो) र १ जनालाई जनसेवा श्री (पञ्चम) बाट विभूषित गर्ने निर्णय गरेको हो ।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारका सहसचिव जनकराज जोशी विभुषित हुनुहुने भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग प्रबल जनसेवा श्री (चतुर्थ) बाट विभुषित हुनुहुने भएको छ ।

त्यसैगरी, जनसेवा श्री (पञ्चम) बाट झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका सचिव एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्र गिरी सम्मानित हुनुहुने भएको छ । कंडेल र थाम्सुहाङ्गलाई सहकारी विज्ञका रुपमा, जोशीलाई सहसचिवका रुपमा र गिरीलाई समाजसेवीका रुपमा सम्मानित गर्ने निर्णय भएको छ ।

अभिलेख

लोकप्रिय