३० असार २०८३, मङ्गलबार

बिन्धवासिनी साकोसको सेवा केन्द्र काठमाडौंमा पनि, कारोबार शुभारम्भ

२०७७ असोज २, शुक्रबार
बिन्धवासिनी साकोसको सेवा केन्द्र काठमाडौंमा पनि, कारोबार शुभारम्भ

काठमाडौं, २ असोज

काभ्रेमा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा सेवा केन्द्र खोलेको छ । संस्थाले बिहीबारदेखि काठमाडौं मिनभवन स्थित सेवा कार्यालयबाट कारोबार शुभारम्भ गरको छ ।

सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण पश्चात संस्थाले एकिकृत कारोबार शुभारम्भ गरेको थियो । एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, पूर्व बैंकर उमेश भण्डारी लगायत संस्थाका पदाधिकारी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रदिप थापासहित राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले संस्थाको सेवा केन्द्रको उद्धघाटन गरेका थिए । संस्थाका प्रमुख व्यवस्थापक केबी लामा स्याङ्तानले संस्थाको वित्तीय स्थिति र संस्थाका सेवाहरुको जानकारी गराउनुभएको थियो ।

एकीकरण पश्चात संस्थामा ३८ हजार शेयर सदस्य र सात हजार आठ सय बाल बचत कर्ता गरी ४५ हजार सदस्य रहेका छन् । संस्थाको शेयर पूजी ३३ करोड २५ लाख, बचत तथा निक्षेप दुई अर्ब ४१ करोड ५४ लाख, ऋण लगानी २ अर्ब ३४ करोड १७ लाख रहेको छ । संस्थाको कूल सम्पत्ति ३ अर्ब २५ करोड पुगेको प्रमुख व्यवस्थापक केबी लामा स्याङ्तानले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय