सहकारीको साधारण सभा तोकिएको समयमै गर्नुपर्ने, गणपुरक संस्था ५१ प्रतिशत अनिवार्य
काठमाडों, १ असोज
सहकारी संघ संस्थाहरुले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने भएको छ । बिहीबार सहकारी विभागले सूचना जारी गर्दै सहकारी ऐनले तोकेको समयमै साधारणसभा गर्न भनेको छ ।
सहकारी विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ । सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र साभारणसभा पुस मसान्तम्ममा गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।
तर, कोरोना माहामारीमा सरकारले भिडभाड नगर्न भनिरहेकै बेला विभागले साधारण सभाको तयारी समयमै गर्न सहकारी संस्थालाई भनेको छ । यद्यपि, साधारणसभा विद्युतीय माध्यमबाट गर्न सकिने छ । साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था विभागले गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार