विकूले थप्यो सेवा केन्द्र, एकिकृत सेवा शुभारम्भ
गैंडाकोट, ३० भदौ
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजबाट हुप्सेकोट गाउँपालिका–१ बेलुवाबाट एकिकृत सेवा शुभारम्भ गरेको छ ।
संस्थाले बेलुवामा गरिमा सेवा केन्द्रमार्फत सेवा शुभारम्भ गरेको हो । गैंडाकोट नगरपालिका–८ मा केन्द्रीय कार्यालय भई नवलपुर र चितवन जिल्लामा सेवा प्रवाह गरिरहेको विकू र हुप्सेकोट–१ बेलुवामा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकिकरण भएको थियो । संस्थाले एक औपचारिक कार्यक्रमका बीच नयाँ सुविधायुक्त कार्यालयसहित गरिमा सेवा केन्द्रको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले विकू नेपालको सर्वाेत्कृट बचत तथा ऋण सहकारी रहेको बताउँदै नीति, विधि र प्रविधि नै विकूको सफलता भएको बताउनु भयो । नवलपुर जिल्लाको सबै स्थानिय स्तरमा उत्कृष्ट वित्तीय सेवा पु¥याउने उद्देश्यले संस्थाले कायक्षेत्र विस्तार गरेको उहाँले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिका–१ का वडा अध्यक्ष चित्र बहादुर कानुङ मगरले विकू सहकारी उत्कृष्ट सक्षम र सबल सहकारी रहेको बताउनुहुँदै यस क्षेत्रको विकासमा विकूको महत्वपुर्ण योगदान रहने बताउनु भयो । साथै संस्थाको सफलताको शुभकामना व्यक्त गर्दै स्थानिय निकाएको तर्फबाट सधै सहयोग रहने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा गरिमा सेवा केन्दका संयोजक एवं पुर्व अध्यक्ष सानु भुसालले विकू बचत तथा ऋण सहकारीसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसि भएको बताउनु हुँदै विकुले अगाडी सारेको नीति तथा कार्यक्रहरुले हुप्सेकोटको विकास र जनताको जिवनस्तर परिवर्तत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले राख्नु भएको थियो, शुभकामना मन्तव्य लेखा सुपरिवेक्षण समिति संयोजक कमल सुबेदी ज्यूले व्यक्त गर्नुभयो भने कार्यक्रम संचालन सचिव प्रेम प्रसाद सापकोटाज्यूले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोरोना भाइरस संक्रमण कोभिड–१९ को प्रकोपलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाईएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार