विश्व सहकारी सम्मेलन स्थगित
काठमाडौं, ३० भदौ
अन्तर्राष्ट्रिय सहकारी महासंघको ११ सेप्टेम्बरमा बसेको ग्लोबल बोर्डले सन् २०२१ को १ देखि ३ मार्चमा हुने भनिएको विश्व सहकारी सम्मेलन २०२१ को डिसेम्बरसम्मका लागि स्थगित भएको छ ।
कोभिड १९को महामारीको संक्रमणका कारण आइसीएले दोस्रो पटक कंग्रेस स्थगित गरेको हो । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसएका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले २९ नोभेम्बरदेखि ३ डिसेम्बरसम्म गर्ने गरी स्थगित भएको बताउनुभयो ।
साथै अन्य दुुई प्रारम्भिक इभेन्टहरु समेत स्थगित गरिएको बताउनुभयो । शुरुमा सन् २०२० को ११ देखि १७ डिसेम्बरसम्म गर्ने मिति तय भएको थियो । सम्मेलन भने कोरियामा नै हुने छ ।
त्यसैगरी आइडेन्टिटी कमिटीले सहकारी सिद्धान्तका विषयमा गरेको आइसीए गाइड लाइनको मस्यौदालाई बोर्डले आवश्यक परिमार्जन गरी अर्को साधारण सभामा पेश गर्ने निर्णय गरेको मल्लले बताउनुभयो । त्यसैगरी बोर्डले जि २० सहभागी गु्रपमा सहकारी अभियानले गरेको योगदानको विषयमा जानकारी गराउने निर्णय भएको छ ।

‘जि २० समिटले गर्नुपर्ने कतिपय विषयमा सहकारी अभियानले योगदान गरेको विषयमा जानकारी गराउने निर्णय भयो,’ उहाँले भन्नुभयो । २०२० का अधिकांश बोर्ड बैठक अनलाइन हुने भएको छ । १२ अक्टोबर, १० नोभेम्बर र ९ नोभेम्बरमा अनलाइन बोर्ड बैठक हुने निर्णय भएको मल्लले जानकारी गराउनु भयो ।
बैठकले आइसीएको अनलाइन बैठक लगायतका गतिविधि संचालनका लागि प्रत्येक बोर्ड सदस्यले ५ सय युरो योगदान गर्ने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार