विकू बचतको व्यवसाय निरन्तरता योजना पारित, जिम्मेवारी र समयावधि समेत निर्धारण
गैंडाकोट, २६ भदौ
विकू बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि व्यवसाय निरन्तरता योजना सञ्चालक समितिले पारित गरेको छ ।
कोरोना भाईरसको सक्रमणवाट समग्र मानव समाज प्रभावित भईरहेको समयमा संस्थालाई निरन्तर कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषय व्यवसाय निरन्तरता योजनामा समावेश गरिएको संस्थाले जनाएको छ ।
संस्था संचालनको प्रमुख पक्षहरु सदस्य, कर्मचारी र संस्थालाई वर्तमान अवस्थाले कस्तो जोखिम सृजना भएको विषय समेटिएको छ । त्यस्तै जोखिमको स्तर र अवस्था कस्तो छ, उपस्थीत जोखिमको व्यवस्थापन तथा न्यूनिकरणका लागि कस्तो कार्य योजना बनाउनु पर्छ, जिम्मेवारी र समयावधि निर्धारण गर्ने जस्ता विषय योजनामा समेटिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव पौडेलले जानकारी दिनुभयो । जसका लागि संस्थाको मौजुदा ३ वर्षे व्यवसायीक योजना पृष्ठपोषण रहेको उहाँले बताउनुभयो ।
कोरोना भाईरसको महामारीका बीचमा पनि सुरक्षित तबरले सदस्यलाई नियमित सेवा प्रदान गर्ने, कर्मचारीको उच्च मनोबल तथा सुरक्षात्मक उपायहरु अवलम्बन गर्ने, सदस्यलाई यसवाट बच्नको लागि सुरक्षात्मक कृयाकलापहरुको बारेमा विभिन्न माध्यमवाट जानकारी दिने र संस्थालाई संस्थागत रुपमा अगाडी बढाउन आवश्यक मापदण्ड पुुरा गर्ने लगायतका विषयहरु यस योजनामा लक्षित गरिएको छ ।
कोरोना महामारीको प्रभाव परिक्षण तथा सदस्यको आर्थिक अवस्थाको पहिचान सम्बन्धी विशेषगरी ऋणी सदस्यको ऋण फिर्ता गर्ने क्षमता तथा सदस्यलाई परेको मनोबैज्ञानीक, आर्थिक तथा सामाजिक प्रभावको अध्ययन समेत योजनामा समावेश गरिएको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार