३० असार २०८३, मङ्गलबार

नेपालमा पहिलो पटक खोलियो जिल्ला संघको सम्पर्क कार्यालय

२०७७ भदौ २६, शुक्रबार
नेपालमा पहिलो पटक खोलियो जिल्ला संघको सम्पर्क कार्यालय

काभ्रे, २६ भदौ

नेपालको सहकारी अभियानमा पहिलो पटक जिल्ला सहकारी संघको सम्पर्क कार्यालय खोलएको छ । काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघले पाँचखालमा सम्पर्क कार्यालय खोलेको हो ।

संघको ५३ औ स्थापना दिवसको अवसरमा मण्डनदेउपुर, पाँचखाल, भुम्लु तथा चौरीदेउरालीका सबै सहकारीको प्रवद्र्धन गर्न पाँचखाल नगरपालिकामा केन्द्र रहनेगरी संघको सम्पर्क कार्यालय स्थापना गरेको हो ।

सम्पर्क कार्यालयको जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीले शुक्रबार कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यालय उद्घघाटन गर्दै अध्यक्ष विनोद पराजुलीले संघमा आबद्ध हुन बाँकी सहकारी संस्थाहरुलाई आबद्ध गराउन सजिलो हुने मात्र नभै सहकारीको प्रबद्र्धन, विकास र क्षमता विकासका कामहरु समेत अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो । जिल्लामा एक हजार चार सय ९५ वटा सहकारी संघ/संस्था रहेमा छन् । जसमध्ये करिक पाँँच सय सहकारी संघमा आबद्ध रहेका छन् । उद्घाटर्न दिन स्थानीय विभिन्न सहकारी संस्था मार्फत ५५ लाख ३४ हजार ५ शय ५ रुपैंयाँको आर्थिक कारोबार समेत भएको थियो ।

कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका द्धितीय उपाध्यक्ष तीर्थमाया प्रधान, जिल्ला कफि उत्पादक सहकारी संघका अध्यक्ष होमराज गिरी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाललगायतको उपस्थिति रहेको थियो ।

अभिलेख

लोकप्रिय