चन्द्रागिरि साकोस बनायो व्यवसाय निरन्तरता योजना, विषम परिस्थिमा परिस्कृत कार्यलक्ष्य समेत तय
काठमाडौं, २६ भदौ
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ को लागि व्यवसाय निरन्तरता योजना पारित गरेको छ ।
कोभिड १९ महामारीको विषय परिस्थितिमा संस्थालाई कसरी सञ्चालन गर्ने भन्ने विषयहरु उक्त योजनामा समावेश गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना भाईरसले सदस्य, कर्मचारी र संस्थालाई कसरी असर गरिरहेको छ, कुन कुन क्षेत्रमा यसले जोखिम सृजना गरेको छ र उक्त जोखिम न्यूनिकरण गर्न संस्थाले कस्तो कस्तो पहलकदमी गर्नेछ भन्ने कुरा मुलभुत रुपमा उक्त योजनाले समेटेको उहाँले बताउनुभयो।
संस्थाको ४ वर्षे रणनीतक योजनाको समिक्षा गर्दै यस विषम परिस्थिमा परिस्कृत कार्यलक्ष्य समेत उक्त योजनाले तय गरेको छ ।
कोभिड १९ को प्रकोपका बीच पनि संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्दै सदस्य सेवामा समर्पित रहने, सदस्यहरुलाई कोभिड १९ बाट बच्नको लागि सुरक्षात्मक तथा निवारणात्मक कृयाकलापमा संलग्न गराउने, सदस्यहरुलाई महामारी लगायतका आकस्मिकताका लागि पूर्वतयारी गर्न लगाउने यस योजनाका मुख्य लक्ष्य रहेका छन् ।
कोभिड १९ को असर परीक्षण तथा सदस्यहरुको पछिल्लो वित्तिय सक्षमता पहिचान सम्बन्धी सर्वेक्षण समेत सम्पन्न गरी सोबाट प्राप्त भएको तथ्यांकहरुको आधारमा संस्थाले आ.व. २०७७/०७८ को अनुमानित नगद प्रवाह प्रक्षेपण, ऋणी सदस्यहरुको ऋण फिर्ता गर्ने क्षमता तथा सदस्यहरुमा कोरोना भाईरसले पारेको आर्थिक, सामाजिक तथा मनौबैज्ञानिक असरको समेत पहिचान गरेको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
