३० असार २०८३, मङ्गलबार

लामटारका सहकारीहरु र रेडक्रसको संयुक्त आयोजनामा रक्तदान

२०७७ भदौ २४, बुधबार
लामटारका सहकारीहरु र रेडक्रसको संयुक्त आयोजनामा रक्तदान

ललितपुर, २४ भदौ

कोरोना भाईरसका कारण जारी लकडाउनको अवस्थामा अस्पतालहरुमा रगत अभाव देखिएपछि ललितपुरको लामाटारमा रहेका सहकारीहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी लामाटार उपशाखा, यूवा रेडक्रस सर्कल लामाटार,लायन्स क्लव अफ काठमाडौं सिमचौर र महालक्ष्मी नगरपालिका–९ मा सञ्चालित सहकारी संस्थाहरुको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए ।

रक्तदान लामाटार कृषि बहुउद्देश्यीय सहकारी संस्था, सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्था, ब्रम्हपुरी साकोस, जवाफदेशी साकोस, कुशल कृषि सहकारी संस्था, बहुपक्षिय कृषि सहकारी संस्था, विकासशिल साकोस र मिलीजुली दुग्ध सहकारी संस्थाहरुको सहयोगमामा भएको हो ।

अभिलेख

लोकप्रिय