४ वैशाख २०८३, शुक्रबार

१९ औं वर्षमा पोखरा रोयल साकोस, स्थापना दिवसमा फोटो बुलेटिन प्रकाशन (संक्षिप्त परिचय सहित)

२०७७ जेठ ९, शुक्रबार
१९ औं वर्षमा पोखरा रोयल साकोस, स्थापना दिवसमा फोटो बुलेटिन प्रकाशन (संक्षिप्त परिचय सहित)

पोखरा, ९ जेठ

कास्की जिल्लाको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेको छ ।

यस संस्था २०५९ जेठ ८ गते स्थापना भएको हो । स्थापना दिवसको अवसरमा संस्थाले वर्षभरीमा गरेको गतिविधिलाई समेटेर फोटो बुलेटिन प्रकाशन गरेको छ । उक्त बुलेटिनमा कोरोना भाईरस सम्बन्धी १९ बुँदे सन्देश सदस्यहरुको लागि जारी गरेको छ ।

संस्थाको नेतृत्व मेजर तुलसीप्रसाद गुरुङ्गले गर्नुभएको छ भने प्रमुख कार्यकारी अधिकृतको भूमिकामा भिम गुरुङ्ग रहुनु भएको छ । त्यस्तै मुख्य प्रबन्धको भूमिकामा मिलन ढकाल रहनुभएको छ ।

संस्थाको कारोबारलाई प्रतिस्पर्धी एवं समय सापेक्ष बनाउने सन्दर्भमा नीति, विधी र प्रविधीको माध्यमबाट हरेक क्षेत्रमा व्यवस्थापकीय कुशलता कायम गर्दै आएको छ । आधुनिक कम्प्यूटर सफ्टवेयरको प्रयोग, मोबाईल बैकिङ्ग, ३६५ दिने बैकिङ्ग सेवा, एटिएम सेवा, घरदैलो वित्तीय सेवा, सरल तथा छिटो छरितो कर्जा सेवा संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएको छ ।

सेवाको विविधीकरणका सन्दर्भमा सदस्य राहत कोषको स्थापना, कर्मचारी हितकोष, राष्ट्रिय सहकारी पुरस्कार कोष आदिको माध्यमबाट समाज र सदस्यको लागि थप कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले ६ जनालाई राष्ट्रिय सहकारी पुरस्कार, ६ जनालाई क्षेत्रीय पत्रकारिता पुरस्कार, १० जनालाई पेन्सन राहत र दर्जनौ सदस्यहरुलाई विविध राहत प्रदान गरिसकेको छ ।

संस्थाले उत्कृष्ठ सहकारी पुरस्कार २०७०, उत्कृष्ठ अध्यक्ष पुरस्कार २०६६, उत्कृष्ठ प्रवन्ध निर्देशक पुरस्कार २०६७, उत्कृष्ठ प्रबन्धक पुरस्कार २०७२ र उत्कृष्ठ करदाता पुरस्कार २०७२ आदि प्राप्त गरिसकेको छ ।

२०७७ बैशाख सम्ममा ७ हजार ४ सय ६० जना सदस्य संस्थामा आवद्ध भएका छन् । सोही अवधिसम्ममा १ अर्ब २८ करोड ३७ लाख बचत संकलन गरी १ अर्ब ४६ करोड लाख कर्जा प्रवाह गर्न सफल भएको छ । संस्थाको ब्यालेन्स सिट १ अर्ब ८१ करोड ६० लाखको रहेको छ ।

संस्थाले असार १५ गतेसम्म ब्याज भुक्तानी गर्ने सदस्यलाई ब्याज रकमको १० प्रतिशत छुट दिने घोषणा गरेको छ । लकडाउन अवधि सुरु भएदेखि असार मसान्तसम्म हर्जना नलिने निर्णय गरेको छ । संस्थाले मुख्य कार्यालय बुद्ध चोक, सेवा केन्द दुलेगौंडा तनुहुँमा एटिएम मेशिन समेत सञ्चालन गरेको छ । नेपालको जुनसुकै एटिएम मेशिन प्रयोश गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था संस्थाले मिलाएको छ ।

संस्थाले तनहुँ, कास्की र स्याङ्जाको विभिन्न स्थानीय तहरुमा १ सय २ वटा लघुवित्त केन्द्र र २ सय ७ट समूह निर्माण गरी विपन्न महिलाहरुको लागि वित्तीय पहुँच र वित्तीय साक्षरता प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय