सतर्क रहौं, त्रसित नहोऔं !

कल्पना श्रेष्ठ
विश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभावबाट हामी सबै प्रभावित भएका छौं । कतिखेर के होला भन्ने कसैले आंकलन गर्न सकिरहेको अवस्था छैन । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने । संक्रमित व्यक्तिमा पनि संक्रमणको लक्षण तुरुन्तै नदेखिने । रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाहरुमा लक्षण देखिनु पूर्व नै कमजोर प्रतिरोधात्मक क्षमता भएकाहरुमा सरी सक्ने तर त्यसको बिषयमा अनभिज्ञ नै रहने जस्ताकारण यसको जोखिम अझै बढी रह्यो ।
नेपालमा पनि कोरोनाको कारण मृत्यु हुने क्रम शुरु भैसक्यो । त्यो पनि मातृ बत्सल्यता टुटाउने गरी भएको पिडादायक मृत्यु । कोरोना संक्रमण पछिको समय र मृत्युपछि पनि मान्छेलाई अति आवश्यक माया र समवेदना जो नजिक पुगेर दिनन पाईने पिडा सम्झंदा त अझै कोरोनाको निरर्दयी प्रकृतिदेखि अझ बढी पिडा बोध हुन्छ । सतर्क रहन यी पिडा दायक विषयहरुलाईं दिलदिमाग भित्र गहिरो गरी राख्नुपर्छ ।
सिक्काको दुई पाटो भए जस्तै यसको पनि दुबै पाटाहरु छन् । पिडा बोध र त्रासको विषयलाई मात्र हामीले मन भित्र लिई रह्यौं भने यसले अर्को नकारात्मक अवस्था सिर्जना गर्न सक्छ । मानसिक रुपमा भैरहने पिडाले हामीलाई शारिरिक रुपमा पनि गाल्न सक्छ । यसैले पीडाबाट उन्मुक्ति भनेको आफूलाई व्यस्त राख्नु हो । व्यस्त पनि कसरी हुने भन्ने लाग्न सक्छ । नियमित गतिविधि नै टुटेको समयमा व्यवस्त रहनु सजिलो विषय पक्कै होईन । तर मान्छे त्यस्तो प्राणी हो जो हरेक अवस्थामा आफूलाई व्यवस्थापन गर्न सक्छ । त्यसैले मानिसले चेतन मन पाएका छौं । एक अर्कामा सुख दुःख, सुनाउन भाष छ हाम्रो । अभिव्यक्ति कलाहरु प्नि विभिन्न छन् ।
हामीले यो समयमा आफूलाई मात्र सम्झी रह्यौं भने व्यवस्त हुन सक्दैनौं । तर आफू, आफ्नो परिवारका साथै आफू सेवारत सहकारी संस्था, समुदायलाई सम्झना ग¥यौं र त्यसको लागि तत्कालिन र भावी योजना बनाउन समय दियौं । विषम परिस्थितिमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा भएका चर्चा परि चर्चामा भाग लियौं । आफ्नो मनमा भएका नवीनतम तौर तरिकाहरु, सेवाका क्रममा सुझेका विषयहरु शेयर ग¥यौं भने एक व्यस्त हुन सहयोग पुग्छ, अर्को आफ्नो मनमा आउन सक्ने संभावित समस्याहरु र त्रासलाई ठाउँ रहँदैन र आफ्नो रचनात्मकता बढ्दै जान्छ ।
सबै सामान्य चलिरहेको छ । सुर्य नियमित उदय, अस्त भै रहेछ । पवन आफ्नो गतिमा छ । ऋतुहरु आफ्नो समय कुरेर सोही अनुसार मौसमी वातावरण प्रदानगर्न दत्तचित्त छन् । हाम्रो शरिरका अंगहरु पनि स्वचालित छन् । ठिक समयमा भोक लाग्छ, तिर्खा लाग्छ र पाचनदेखि सबै प्रक्रिया स्वचालित भैरहेका छन् । सबै सामान्य छ । भने म पनि सामान्य रहनुपर्छ भन्ने धारणा मनमा राख्नु पर्छ । आम्दानी तथा ऋणलाई मनमा राखेर वा आहो कोरोना लागि हाल्यो भने के गर्ने भनेर लाग्दै न लागि तर्सने गर्नु हुँदैन । यो भनेको अनावश्यक रोगलाई गरिएको निमन्त्रणा हो । अनावश्यक रोगलाई निम्त्याउने काम गर्नु हुँदैन । सबै कुरा समय आएपछि ठिक हुन्छ । त्यसको लागि कारोनाले नै छोएछ भने पनि म मेरो उच्च मनोबलले आधा रोग जित्छु । आधा दिन–रात नभनी हाम्रो उपचारमा खटिएका स्वास्थ्यकर्मीले हौसला साथ उपचार गर्नेछन् र त्यसलाई जित्छु जित्छु भन्ने संधै मनमा लिई रहनु पर्दछ ।
विशेष अवस्थामा रहेका जस्तै गर्भवती, सुत्केरी, दीर्घ रोग भएकाहरुले विशेष सतर्कताका साथ रहनु पर्छ । दीर्घ रोग भएका, पाको उमेरका व्यक्तिहरुले पनि कोरोना जितेको समाचारहरु हामीले पढिरहेका छौं । आफूलाई मानसिक रुपमा स्वास्थ राख्नको लागि त्यस्ता व्यक्तिहरुको अन्तर्वार्ता पढ्ने हेर्ने गर्नुपर्छ । संधै सकारात्मक विषयका आलेखहरु मात्रै पढ्ने सुन्ने र चर्चा गर्नमा रमाउने बानीको बिकास गर्नुपर्छ ।
त्रासबाट उन्मुक्ति पाउने र रचनात्मक हुने केही उपायहरु
– आधिकारिक र निश्चित समाचारहरु मात्र पढ्ने, सुन्ने र हेर्ने गर्नु पर्छ ।
– मान्छेको मनमा त्रास पैदा हुने खालका समाचारहरु हचुवाको भरमा सेयर, लाईक र कमेन्ट गर्नु हुँदैन । हामी भनेको समुदायमा अग्रभागमा रहेर काम गर्ने व्यक्ति हौं । हामीले दिएको सूचना आधिकारिक मान्नेहरुको लागि त्यस्ता समाचारले नकारात्मक असर गर्न सक्छ ।
– सतर्क रहन महामारीको पिडादायक पक्षको अध्ययन गर्ने र त्यसलाई जित्नको लागि आत्मबलको सख्त जरुरी हुन्छ । त्यसैले महामारी रोग जितेकाहरुको आत्म कथाहरु पढ्ने तथा सुनाउने ।
– कमको सिलिसिलामा बाहिर जाँदा सबै खालका सुरक्षा उपायहरु अबलम्बन गर्ने । फर्कि सकेपछि पनि स्यानिटाईजका सबै विधिहरु अपनाएर मात्र घरको काममा संलग्न हुने । बच्चा तथा जेष्ठ सदस्यको स्याहारमा लाग्ने ।
– परिवारमा पर्याप्त छलफल गर्ने । एकले अर्कोलाई ढाडस दिने ।
– सम्भावित जोखिमको लागि डक्टर, यम्बुलेन्स तथा सहयोगी र नजिकका आफन्तको नम्बर सबैले देख्ने र भेट्ने गरी राख्ने ।
– कम्तीमा ६ महिनाको पारिवारिक बजेट बनाउने ।
– मितव्ययी हुने । कम खर्चमा उपलब्ध हुने खालका हरिया सागपात, गेडागुडी जस्ता स्वास्थ्य बर्धक चिजहरु उपभोग गर्ने । उपभोगका सामग्रीहरु अनावश्यक रुपमा खेर जान नदिने । ठिक्क अड्कल गरेर मात्र पकाउने र ताजा पाकेको खाना खाने । घरमाकुनै छिट्टै बिग्रन सक्ने खाद्यपदार्थहरु छन् भने वा सञ्चित गरेर राख्न मिल्ने चिजहरु छन् भने व्यवस्थापन गर्ने ।
जस्तैः मस्यौरा बनाउने, सागको गुन्द्रुक बनाउने, साग, काउली, च्याउ आदि चिजहरु सुकाउँदा लामो समयपछि पनि उपभोग गर्न सकिन्छ । अदुवा लगायतका चिजहरुको सुठो बनाई प्रयोग गर्दा फारो र सहज हुन्छ । लप्सी, तिल, भटमास, सिलाम लगायतका चिजहरु आवश्यक भए पिच्छे पिंध्ने गर्दा बढी खपत हुन सक्छ । जसलाई फारो बनाउन एकैपटक पिसेर बट्टामा राख्न सकिन्छ ।
– आफ्नो घर वरपर खाली जमिन छ भने त्यसलाई प्रयोगमा ल्याई उत्पादन गर्ने । खाली कौसी तथा छत छ भने सो ठाउँमा पनि तरकारीहरु लगाउने ।
– यदी हामी किसान हौं र हाम्रो सामान बिक्रि हुनको लागि समस्या भैरहेको छ भने सहकारीहरु, स्थानियतहहरुमा सम्पर्क समन्वय बढाउने र बिक्रीको लागि पहल गर्ने ।
– अल्कोहल, धुम्रपान, मध्यपान लगायतका शरिरलाई हानी पु¥याउने चिजहरुको सेवन नगर्ने । जसले सञ्चित गरेर जोगाएर खानु पर्ने समयमा अनावश्यक पैसा समेत खर्च हुन जान्छ । बानी परेको छ भने पनि छोड्ने यो उपयुक्त समय हो ।
– कोरोना संक्रमण भएका व्यक्ति, समुदाय, स्थानलाई घृणा नगर्ने र त्यस्तो झल्काउने अभिव्यक्ति नदिने । यसले हामीलाई असभ्य त बनाउँछ नै भोली आफूलाई नै लाग्यो र अरुले आफूलाई त्यस्तो व्यवहार गरेमा कस्तो होला भन्ने आंकलन गरेर मात्र बोल्ने ।
– सहकारीको नाफा घाटालाई लिएर चिन्तित नहुने । भएको घाटाको पूर्ति गर्ने रणनीति उपर चनाखो रही त्यसको व्यवस्थापनका लागि छोटो समयका योजनाहरु तय गर्ने । सदस्यको बास्तविक आवश्यकतालाई बुझ्न निरन्तर सम्पर्क समन्वयको विधिहरु अपनाउने । सदस्यको सुझाव, आवश्यकतालाई ध्यानमा राखी सहकारीको नीति तथा कार्यक्रम ल्याउने ।
– सम्भवित तरलता व्यवस्थापन रणनीति लिने साथै छाता संघहरुमा सम्पर्क समन्वयमा रहने ।
– सहकारीका सेवाहरुको विविधिकरण र महामारी अवस्थामा आवश्यक हुने सेवाहरुको ढाँचा तयारी तथा विस्तार गर्ने ।
– विद्युतीय माध्यमको सम्पर्क समन्वय र पहुँच विस्तारको लागि आवश्यक छलफल चलाउने । सहजीकरण गर्नुपर्ने भए सो को लागि तयार हुने । आदी
यसर्थ समुदायको अभिन्न अंगको रुपमा रहेका सहकारी संघ संस्थाहरुले सतर्क रहेर सेवालाई व्यवस्थित गर्न, आफू, आफ्नो परिवार तथा समुदायमा हुन सक्ने संक्रमणबाट बाँच्न र बचाउनु अति आवश्यक बस्तुको परिपूर्ति गर्न सहयोगी भूमिका निर्वाह गर्न जरुरी छ । यसो गर्दा पर्याप्त सुरक्षा उपाय अपनाऔं र त्रसित नहोऔं ।
kspglory@gmail.com
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार