गोंगबुँमा रहेको  जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बिमा गरेको छ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेकाले  सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा  गरिएको संस्थाका संचालक सुशिल सिग्देलले जानकारी दिनुभयो।

जेष्ट बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको अवधिमा पनि सदस्यहरुलाई घरदैलो सेवा दिईरहेको तथा यो अवधिमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जोखिमलाई मध्यनजर गर्दै बिमा गरिएको संस्थाका कार्यकारी प्रमुख मधुसुधन पाठकले बताउनुभयो ।

कोरोना बिमा  गर्दा विमितले पोलीमरेज चेन रिएक्सन (पिसिआर) रिपोर्टको  आधारमा रिपोर्ट पोजेटिभ देखिएमा एक लाख रुपैयाँ पाउनेछन् । यसका लागि अस्पतालको रिपोर्ट भने आवश्यक पर्ने छैन ।

समुहगत रुपमा संस्थाका एक सय ५० जना कर्मचारीको बिमा गरिएको जानकारी दिनुभयो ।