सदस्यहरुको कोरोना बिमा गर्दै चन्द्रागिरि साकोस
काठमाडौं, ३ जेठ
थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको कोरोना बिमा सुरु गरेको छ ।
संस्थाको सहजीकरणमा बिमा गराउन इच्छुक सम्पूर्ण सदस्यहरुको कोरोना बिमा गर्ने संस्थाले जनाएको छ । शनिबार बेलुकासम्म बिमाको लागि नाम दर्ता गराउने सदस्यहरु मध्ये ७१ जनाको बिमा गरिसकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार मात्रै २ सय जना सदस्य कोरोना बिमा कराउन नाम टिपाएको र आईतबार बिमा गरिने प्रमुख श्रेष्ठले बताउनुभयो । सदस्यहरुले फोन सम्पर्क वा एस.एम.एस. पठाई आफ्नो नाम दर्ता गराउन सकिने जनाएको छ ।
चन्द्रागिरि नगरपालिका सिल गरिएको कारणले कार्यालय सेवा जेठ ६ गतेसम्म स्थगित गरिएता पनि बिमाको लागि नाम दर्ता गराउन बाधा नपर्ने उहाँले बताउनुभयो । बिमा कम्पनीबाट संस्थाको पहलमा ४० प्रतिशत छुट प्राप्त भएको समेत जनाएको छ । बाँकी बिमा वापत लाग्ने रकम भने सदस्यले तिर्नुपर्नेछ । संस्थाले सदस्यहरुको लागि सजताको लागि सहजिकरण गरेको श्रेष्ठको भनाई छ ।
त्यस्तै संस्थाका सम्पूर्ण कर्मचारीको कोरोना बिमा भने यसअघि नै गराई सकेको छ । चन्द्रागिरि नगरपालिका शिल भएका कारण संस्थाबाट हुने नियमित सेवालाई स्थगित गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार