भैरवी सहकारीले दियो ब्याजमा १० प्रतिशत छुट, हर्जना शत प्रतिशत छुट
धादिङ, ३ जेठ
निलकण्ठ–३ स्थित भैरवी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ ।
आज बसेको सञ्चालक समितिको निर्णय अनुसार २०७६ चैत ११ गतेदेखि जेठ मसान्त सम्मको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको हो । साथै सो अवधिमा हर्जना समेत नलिने निर्णय गरेको छ ।
कोरोना महामारिमा सदस्यलाई राहत स्वरुप व्याज छुट र हर्जना नलिने निर्णय गरेको हो । त्यस्तै सञ्चालक समितिले महामारी कार्यदल समेत गठन गरेको छ ।
भैरवी बचत तथा ऋण सहकारी संस्थालाई धादिङ जिल्लाकै नमुना सहकारीको रुपमा रहेको छ । २०५७ साल चैत्र १४ गते विधिवत रुपमा स्थापना भई संचालनमा आएको यस संस्था जिल्लाकै पुरानो मध्येको एक हो ।
संस्थामा १ हजार ८ सय ३० जना सदस्य रहेका छन् । जस मध्ये ८ सय ३० जना सदस्य महिला छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार