४ वैशाख २०८३, शुक्रबार

मुनाल साकोसको सेवा निरन्तर, सचिव श्रेष्ठ भन्नुहुन्छ: ‘सदस्यको सेवा पहिलो शर्त हो’

२०७७ जेठ २, शुक्रबार
मुनाल साकोसको सेवा निरन्तर, सचिव श्रेष्ठ भन्नुहुन्छ: ‘सदस्यको सेवा पहिलो शर्त हो’

काठमाडौं, २ जेठ

कोरोनाको संक्रमण बढेपछि लकडाउनमा थप कडाई गरिएको छ । सहकारी संस्थाको सेवा नियमित दिनुपर्ने भएपनि कार्यालयसम्म पुग्नको लागि सवारी पास नहुँदा संस्था बन्द गर्नुपर्ने बाध्यता छ ।

तर, यस्तो परिस्थितीमा पनि गोंगबु स्थित मुनाल बचत तथा ऋण सहकारी संस्थाले भने सदस्यलाई नियमित सेवा प्रदान गर्दै आएको छ । सिमित कर्मचारी कार्यालयसम्म हिँडेर भएपनि आएर सेवा प्रवाह गरिरहेको छ । संस्थामा दैनिक २० देखि ३० जनाले नियमित सेवा लिईरहेको संस्थाका सचिव देवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘पास पाएनौं भनेर संस्था बन्द गर्ने होईन । सहकारीले नियमित सेवा दिनुपर्दछ भनेर जोखिम मोलेर सेवा प्रदान गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘संक्रमणबाट बच्न आवश्यक स्वाथ्य सामग्री र सामाजिक दुरी कायम गरी सिमित सेवा प्रदान गरिरहेका छौं ।’

संस्थाका सदस्यहरु फोन गरेरै कार्यालय आउने गरेको उहाँले अनुभव सुनाउनुभयो । सदस्यहरु एक हजार रुपैयाँ पनि झिक्न आएको उहाँको भनाई छ ।

सदस्यहरुलाई यस्तो विपत्मा पनि निरन्त सेवा दिनु संस्थाको पहिलो शर्त रहेको उहाँको भनाई छ ।

अभिलेख

लोकप्रिय