४ वैशाख २०८३, शुक्रबार

लकडाउनमा थप कडाई, सहकारीको सेवा प्रभावित हुने

२०७७ वैशाख ३०, मङ्गलबार
लकडाउनमा थप कडाई, सहकारीको सेवा प्रभावित हुने

काठमाडौं, ३० वैशाख

लकडाउनमा थप कडाई गरेसँगै सहकारीको सेवा प्रभावित हुने भएको छ । २६ वैशाखदेखि लकडाउन केही खुकुलो भएसँगै सहकारीका कर्मचारी कार्यालयको परिचय पत्र देखाएर सवारी चलाउने गरेका थिए ।

अब सम्बन्धित नियमक निकायबाट पास अनिवार्य गरिएको छ । सहकारी संस्थाको हकमा सहकारी विभागले पास उपलब्ध गराउने छ ।
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास खारेज गरेको छ ।

गृह मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै जेठ १ गतेबाट लागू हुने गरी सबै पार खारेज गर्न निर्देशन दिएको हो ।

अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिललाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ । उपत्यका प्रवेश गर्ने पासका लागि गृह मन्त्रालयको स्वीकृति लिएर नम्बर समेत खुलाउनुपर्छ ।

अभिलेख

लोकप्रिय