४ वैशाख २०८३, शुक्रबार

एक दिनमै विकूको एटिएम कार्ड

२०७७ वैशाख २९, सोमबार
एक दिनमै विकूको एटिएम कार्ड

गैंडाकोट, २९ बैशाख

विकू बचत तथा ऋण सहकारी संस्थाले एक दिनमै एटिएम कार्ड दिन शुरु गरेको छ ।

एटिएम कार्ड लिन चाहने सदस्यहरुको लागि संस्थाले एक दिनमै एटिएम कार्ड जारी गर्न सुरु गरेको हो । प्रविधिमार्फत हुने कारोबारलाई जोड दिदै आएको विकूले सबै सेवाकेन्द्र मार्फत कार्ड लिन सकिने व्यवस्था मिलाएको छ ।

नेपालको जुन सुकै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथ प्रयोग गर्दा कुनै शुल्क नलाग्ने संस्थाले जनाएको छ । संस्था आफ्नै एटिएम बुथ पनि रहेको छ ।

एटिएम बुथको बाहिर सेनिटाईजरको समेत व्यवस्था संस्थाले गरेको छ ।  लकडाउनको समयमा पनि संस्थाले सदस्यलाई विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको छ ।

विकू बचत नेपालकै उत्कृष्ठ सहकारी मध्ये एक हो ।

अभिलेख

लोकप्रिय