माइक्रो बैंकरले सुरु गर्यो सहकारीका सदस्यलाई बैंक ट्रान्स्फरको सुविधा
काठमाडौं, २५ बैशाख
माइक्रो बैकंर नेपालले सहकारीका सदस्यहरुलाई आफ्नो संस्थाको खातामा भएको रकमलाई सिधै बैंक खातामा ट्रान्स्फर गर्ने सुविधाको सुरुवात गरको छ ।
अन्तराष्ट्रिय बैकिङ्ग सफ्टवेयर The FAO-GIZ MicroBanking System को आधिकारीक बिक्रेता माइक्रो बैंकर नेपालले विगत २५ वर्षदेखि नेपालमा बैकिङ्ग सफ्टवेयर मार्फत सेवा सुविधा प्रदान गर्दै आइरहेको यस कम्पनीका अध्यक्ष यादवलाल प्रधानले जानकारी दिनुभयो ।
विभिन्न ४० मुलुकमा दुई हजार दुई सयभन्दा बढी बैंक, डेभलपमेन्ट बैंक, फाइनान्स कम्पनी, सहकारी संस्था, लघु वित्त, इन्भेष्टमेन्ट कम्पनीमा यो सफ्टवेयर प्रयोग हुँदै आएको छ ।
नेपालमा मात्रै ५ सय न्दा बढी प्रयोगकर्ताहरु छन् । कम्पनीले विभिन्न किसिमका टेक्नोलोजीमार्फत सहकारीहरुमा स्मार्ट, अझ राम्रो र छिटो छरितो काम गर्नको लागि स्वचालित सफ्टवेर प्रणालीका साथै ATM, Mobile Agency/Tablet Banking, Smart Banking system, SMS Alert System, Asset Management System, Human Resource/Attendance Management, Internet Banking, Cheque processing, Share Module, Customer Enquiry Desk एवं Investment Tracking System जस्ता अत्याधुनिक प्रविधिमार्फत प्रयोगकर्ताहरुलाई सुविधा दिंदै आएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण एक महिनाभन्दा बढी समयदेखि लकडाउनमा र पुनःलकडाउन लम्बिएको अवस्थामा सहकारीमार्फत आफ्ना सदस्यहरुलाई दैनिकी सहजताको लागि यस बैंक ट्रान्स्फर सुविधाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने र यसको व्यापक प्रयोगमा आउने विश्वास कम्पनीले गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार