तपाईं हाम्रो सहकारीको आयोजनामा रक्तदान
काठमाडौं, २३ बैशाख
तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रेडक्रस चन्द्रागिरि उपसमिति र लियो क्लब अफ काठमाण्डौ, लालीगुराँससँगको सहकार्यमा रक्तदान जीवनदान भन्ने नाराका साथ तेश्रो रक्तदान कार्यक्रम गरेको हो । संस्थाको कार्यालय परिसरमा भएको रक्तदानमा ५० जनाले रक्तदान गरेको अध्यक्ष मनोज थापाले जानकारी दिनुभयो ।
सामाजिक दुरी कायम गर्दै सुरक्षितसाथ कार्यक्रम गर्नु परेकाले निश्चित व्यक्तिलाई रक्तदानका लागि आव्हान गरिएको र सोही अनुरुप रक्तदाताको उपस्थिति रहेको अध्यक्ष थापाले बताउनुभयो ।
रक्तदाताहरुलाई प्रमाणपत्रसहित धन्यवाद ज्ञापन गरिएको थियो । लकडाउनका कारण खुल्ला रुपमा रक्तदान कार्यक्रमहरु हुन नसक्दा रगतको अभाव बढ्दै गएको परिप्रेक्षमा संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमले अभाव न्यूनिकरणमा केहि मात्रमा भएपनि सघाउ पुर्याउने छ । नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रले रगत अभाव भएको भन्दै सबैं संघ/संस्था र क्लबहरुलाई रक्तदानका लागि आव्हान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
