२३ वर्षमा रोयल बहुउद्देश्यीय सहकारी (संक्षिप्त परिचयसहित)

काठमाडौं, ९ बैशाख
रोयल बहुउद्देश्यीय सहकारी संस्था आजबाट (बैशाख ९ गते) २३ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल बैशाख ९ गते संस्था स्थापना भएको थियो ।
लकडाउनका कारण यस वर्षको स्थापना दिवसका कार्यक्रम खुम्चिएको छ । रोयलले हरेक वर्ष रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै आएको थियो । संस्थाले रक्तदान, सरसफाईका कार्यक्रम, विभिन्न संघ÷संस्थालाई सहयोग, खाद्यान्न वितरण लगायत काम हरेक वर्ष गर्दै आएको थियो ।
लकडाउनको समयमा पनि सदस्यलाई संस्थाले निरन्तर सेवा प्रवाह गर्दै आएको छ ।
रोयल सहकारीको बारेमा
सहकारी क्षेत्रमा अग्र स्थानमा रहेको छ रोयल । संस्थाको व्यवस्थापन पक्ष निकै बलियो छ । लामो समयदेखि बैकिङ्ग क्षेत्रमा कार्य गरि सकेका दक्ष र अनुभवी व्यत्तिहरुबाट संचालित यस संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ । वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको छ ।
संस्थाको सेयर पूँजी ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया रहेको छ । संस्थामा ७ हजार १ सय ८ जना सदस्य रहेको छ । जसमध्ये ४ हजार ९ सय ३० जना महिला र २ हजार १ सय ७८ जना पुरुष रहेको छ । संस्थाले ८२ करोड ७६ लाख बचत संकलन, ८३ करोड ४५ लाख ऋण लगानी तथा १ अर्व २५ करोड ५७ लाखको कुल कारोबार गर्दै आएको छ ।
संस्थाको मुख्य कार्यालय बसुन्धारामा रहेको छ । मुख्य कार्यालयमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको । उक्त भवनबाट बार्षिक १ करोड रुपैयाँ भाडा वापत आम्दानी हन्छ । संस्थाले चार वटा सेवा केन्द्रमार्फत पनि सेवा प्रदान गरिरहेको छ । संस्थाले गत वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थाले काठमाडौंका ग्रामीण क्षेत्र फर्पिङ, साँखु, जितपुर फेदी जस्ता ठाउँमा लघुवित्तमार्फत सहकारीको सेवा पुर्याउँदै आएको छ ।
संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागि सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार