२३ वर्षमा रोयल बहुउद्देश्यीय सहकारी (संक्षिप्त परिचयसहित)
काठमाडौं, ९ बैशाख
रोयल बहुउद्देश्यीय सहकारी संस्था आजबाट (बैशाख ९ गते) २३ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल बैशाख ९ गते संस्था स्थापना भएको थियो ।
लकडाउनका कारण यस वर्षको स्थापना दिवसका कार्यक्रम खुम्चिएको छ । रोयलले हरेक वर्ष रचनात्मक कार्यक्रम गरेर स्थापना दिवस मनाउँदै आएको थियो । संस्थाले रक्तदान, सरसफाईका कार्यक्रम, विभिन्न संघ÷संस्थालाई सहयोग, खाद्यान्न वितरण लगायत काम हरेक वर्ष गर्दै आएको थियो ।
लकडाउनको समयमा पनि सदस्यलाई संस्थाले निरन्तर सेवा प्रवाह गर्दै आएको छ ।

रोयल सहकारीको बारेमा
सहकारी क्षेत्रमा अग्र स्थानमा रहेको छ रोयल । संस्थाको व्यवस्थापन पक्ष निकै बलियो छ । लामो समयदेखि बैकिङ्ग क्षेत्रमा कार्य गरि सकेका दक्ष र अनुभवी व्यत्तिहरुबाट संचालित यस संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ । वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको छ ।
संस्थाको सेयर पूँजी ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया रहेको छ । संस्थामा ७ हजार १ सय ८ जना सदस्य रहेको छ । जसमध्ये ४ हजार ९ सय ३० जना महिला र २ हजार १ सय ७८ जना पुरुष रहेको छ । संस्थाले ८२ करोड ७६ लाख बचत संकलन, ८३ करोड ४५ लाख ऋण लगानी तथा १ अर्व २५ करोड ५७ लाखको कुल कारोबार गर्दै आएको छ ।
संस्थाको मुख्य कार्यालय बसुन्धारामा रहेको छ । मुख्य कार्यालयमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको । उक्त भवनबाट बार्षिक १ करोड रुपैयाँ भाडा वापत आम्दानी हन्छ । संस्थाले चार वटा सेवा केन्द्रमार्फत पनि सेवा प्रदान गरिरहेको छ । संस्थाले गत वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थाले काठमाडौंका ग्रामीण क्षेत्र फर्पिङ, साँखु, जितपुर फेदी जस्ता ठाउँमा लघुवित्तमार्फत सहकारीको सेवा पुर्याउँदै आएको छ ।
संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागि सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार