शुक्रपथ बहुउद्देश्यीय सहकारी १० वर्षमा प्रवेश, कोरोना रोकथाम कोषमा १ लाख ११ हजार सहयोग
काठमाडौं, २५ चैत
शुक्रपथ बहुउद्देश्यीय सहकारी स्थापनाको आज (चैत २५) बाट १० औं वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसको अवसरमा संस्थाले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गर्ने घोषणा गरेको छ ।
देश पूर्ण लकडाउनको अवस्थामा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा बस्ने लगायत विपन्न वर्गलाई राहत पुगोस् भन्ने उद्देश्यले कोषमा उक्त रकम सहयोग गर्ने निणर्य गरिएको संस्थाका सचिव नरेन्द्र बिष्टले जानकारी दिनुभयो ।
संस्थाले लकडाउनको अवस्थामा शेयर सदस्य र कर्मचारी वर्गलाई आ–आफ्नो स्थान सुरक्षित रुपमा रहन अनुरोध गरेको छ ।
संस्थाले सदस्यहरुलाई यस विपत्को अवस्थामा खाद्यान्न तथा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सीमित रकम झिक्नका लागि सबै मुख्य कार्यालय लगायत सबै सेवा केन्द्रमा तोकिएका सम्पर्क व्यक्ति संग सम्पर्क गर्न सकिने जनाएको छ ।
संस्थाले भोलि चैत्र २६ गते वुधबारदेखि कार्यालय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोली आंशिक सेवा दिने कार्य शुरु गरिएको सचिव बिष्टले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार