४ वैशाख २०८३, शुक्रबार

नेचुरल सहकारीले दियो ५० परिवारलाई पुग्ने खाद्यान्न

२०७६ चैत २५, मङ्गलबार
नेचुरल सहकारीले दियो ५० परिवारलाई पुग्ने खाद्यान्न

काठमाडौं, २५ चैत

जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले गोकर्णेश्वर नगरपालिकामार्फत विपन्न परिवारलाई राहत पुग्नेगरी खाद्यान्न सहयोग गरेको हो । संस्थाले मंगलबार (चैत २५) गोकर्णेश्वर नगरलिकाका मेयर सन्तोष चालिसेलाई ५० परिवारलाई पुग्ने खाद्यान्न हस्तान्तरण गरेको हो ।

संस्थाका उच्च व्यवस्थापनका कर्मचारी विनोद भण्डारी, सृजना पण्डित लगायतको उपस्थितीमा उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । चामल, दाल, नुन, तेल र चिनी को ५० वटा प्याकेट बनाई सहयोग गरेको हो ।

संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकका अनुसार लकडाउनको अवस्थामा दैनिक ज्यालामा मजदुरी गर्ने, कोठा भाडामा बस्ने लगायत विपन्न परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिकालाई राहत हस्तान्तरण गरेको बताउनुभयो ।

संस्थाले हस्तान्तरण गरेको राहत प्याकेज विपन्न परिवारलाई समक्ष पुग्ने नगरपालिकाका मेयर चालिसेले बताउनुभयो । गोकर्णेश्व नगरपालिका–६ मा मुख्य कार्यालय रहको नेचुरलले विपत्तको समयमा गरेको सहयोगको खुरेर प्रशंसा गर्नुभयो । यस्तो विपत्त संस्थाबाट भएको सहयोगलाई धन्यवाद दिनुहुँदै पीडित समक्ष राहत पुग्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

नगरपालिकामार्फत राहत वितरण गर्दा प्रभावकारी हुने भएकाले नगरपालिकालाई हस्तान्तरण गरेको प्रमुख कार्यकारी सञ्चालक पाठकले बताउनुभयो । ‘विपत्तको समयमा सरकार र समुदायलाई सहयोग गर्नु सहकारीको कर्तव्य पनि हो’, प्रमुख पाठकले भन्नुभयो, ‘हामी हाम्रा सदस्यलाई कुनै पनि समस्या पर्न दिदैनौं र समुदायका मानिसलाई पनि सहयोग गर्नु सहकारीको सिद्धान्त हो ।’ संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विभिन्न खालको सहयोग गर्दै आएको पाठकले बताउनुभयो ।

आईतबार मात्रै संस्थाले कोरोना कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि दुईवटा नगरपालिकालाई सहयोग गरेको थियो । संस्थाले शंखरापुर नगरपालिकालाई ५१ हजार रुपैयाँ र कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ लाई ११ हजार रुपैयाँ सहयोग गरेको थियो ।

स्थानीय सरकारलाई नेचुरल सहकारीको सहयोग

 

 

अभिलेख

लोकप्रिय