४ वैशाख २०८३, शुक्रबार

सहकारीका सदस्यलाई सहुलियत दिने विषयमा विभागको निर्देशन आउँदै

२०७६ चैत २४, सोमबार
सहकारीका सदस्यलाई सहुलियत दिने विषयमा विभागको निर्देशन आउँदै

काठमाडौं, २४ चैत

कोरोनाको महामारीसँगै सहकारीका सदस्यलाई कर्जाको किस्ताले समेत पिरोलेको छ । सहकारीबाट ऋण लिएका सदस्यहरु कर्जाको किस्ता र ब्याजको तिर्न तत्काल नसकिने भएपछि उनीहरु चिन्तित् देखिन्छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चैतको किस्ता तिर्ने समयसिमा असार मसान्तसम्म दिन निर्देशन दिएको छ । यसैगरी बिमा समितिले पनि बिमा प्रिमियम, नविकरण लगायतका काममा असारसम्मको समय दिएको छ ।

तर, अहिलेसम्म सहकारी सहकारीका नियामक निकाय र सहकारी अभियान यस विषयमा मौन छ । केही संस्थाहरुले स्वतस्र्फुत रुपमा हर्जाना, समयसिमा बढाए पनि नियामक निकाय र अभिया मौन हुँदा सहकारीका सदस्य चिन्तित छन् । यस विषयमा सहुलियत दिने वा के गर्ने भन्ने विषयमा सहकारी विभागले कुनै निर्देशन जारी गरेको छैन ।

यस विपत्तीमा केही सहकारी संस्थाहरु यस्तो पनि देखिए अप्ठेरोमा परेका सदस्यलाई बिना ब्याज आकास्मिक ऋण दिनेदेखि लकडाउन अवधिभरको व्याज मिनाहासम्मको घोषणा गरे । तर, मंहगो ब्याज लिएर टिकाका केही सहकारीहरुलाई लकडाउने धेरै समस्या पार्ने देखिएको छ ।

स्रोतका अनुसार सहकारी सदस्यलाई सहुलियत दिने विषयमा सहकारी विभागले छलफल गरिरहेको छ। संस्थाहरुले स्वस्फूर्त रुपमा राहत नदिएमा विभागले निर्देशन जारी गर्ने तयारी गरिरहेको छ । यस्तो अवस्थामा सहकारीले धेरै सहुलियत सदस्यलाई दिनुपर्ने विभागको ठहर छ ।

अभिलेख

लोकप्रिय