४ वैशाख २०८३, शुक्रबार

बैशाख १ गतेबाट ऋणको ब्याजदर घट्दै, निक्षेप राख्नेलाई भने घाटा

२०७६ चैत २४, सोमबार
बैशाख १ गतेबाट ऋणको ब्याजदर घट्दै, निक्षेप राख्नेलाई भने घाटा

काठमाडौं, २४ चैत

बैशाख १ गतेबाट निक्षेप र ऋणको ब्याज दुबै घट्ने भएको छ । अर्थतन्त्र संकटमा पर्न थालेपछि बैंकहरुले ऋणको ब्याज घटाउन निक्षेपको ब्याज झार्ने निर्णय गरेका छन् ।

डेढ बर्ष पुरानो भद्र सहमतिलाई पुनरावलोकन गर्दै नेपाल बैंकर्स संघले आधार दर बैशाख १ गते नै प्रकाशित गर्ने निर्णय गरेका हुन् । बैंकहरुले आधार दर कम गराउन ब्यक्तिगत मुद्दति, संस्थागत मुद्दति र बचतको ब्याजदर घटाएका छन् । आधार दरमा पनि ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने सहमतिलाई पाँच प्रतिशतमा झारेका छन् ।

बैंकहरुले ब्यक्तिगत मुद्दतिको ब्याज दर ८.७५ प्रतिशतमा झारेका छन् । संस्थागतको ८.५ प्रतिशत र नवीकरण गर्दा ८.६ प्रतिशतमा गर्नु पर्ने ब्यवस्था गरेका छन् । यसअघि ब्यक्तिगतको ९.७५ प्रतिशत, संस्थागतको ९.५ र नवीकरणमा ९.६ प्रतिशत ब्याज थियो ।

बचतको ब्याज साढे ५ प्रतिशतमा झार्ने सहमति भएको छ । यसअघि साढे ६ प्रतिशत अधिकतम ब्याज थियो । निक्षेपको ब्याजदर भोलिबाटै घट्ने छ भने ऋणको बैशाख १ गतेबाट घट्ने छ।

अभिलेख

लोकप्रिय