फुड बैंकमा एक दर्जन सहकारीको सहयोग
काभ्रे, २४ चैत
जिल्लाको पनौती नगरपालिकाले स्थापना गरेको राहत संकलन केन्द्र (फुड बैंक) मा सहकारीहरु सहयोग गरेका छन् ।
विपतको समयमा दैनिक हातमुख जोर्न समस्यमा रहेका नगरिकहरुलाई सहायता वितरण गर्ने उद्देश्यले पनौती नगरपालिका बिपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन समितिले स्थापना भएको केन्द्रमा सहकारी संस्थाहरुले स्वास्थ्य जन्य सामाग्री खाद्यन्न सहयोग प्रदान गरेका हुन् ।
पनौती नगरपालिका विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन समितिले नगरक्षेत्रमा सहायताको नाममा कसैले पनि आफुखुशी चन्दा उठाउन नदिने, आफुखुशी राहत वितरण गर्न नपाउने वितरण प्रणालीमा एकरुपता ल्याउनका लागि इन्देश्वर प्राथामिक विद्यालयमा केन्द्रको स्थापना गरेको हो ।
सहकारी संस्थाहरु, व्यापारिक प्रतिष्ठान तथा विभिन्न संघ/संस्थाहरुले स्वास्थ्य सामाग्री तथा खाद्यन्न सामाग्रीहरु उपलब्ध गराउँदै आएको पनौती नगरपालिका विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन समितिका सदस्य सचिव प्रेमकुमार सोनामले जानकारी दिनुभयो ।
केन्द्रमा पनौती नगरपालिकामा स्थापना भएका तथा नगरपालिका भित्र सेवा कार्यालय संचालन गरेकासहकारीहरुले राहत सामाग्री उपलब्ध गराउँदै आएका छन् । सामुदायिक साकोस, जनमैत्री साकोस, रोशी साकोस, एकिकृत साकोस, इन्द्रेश्वर साकोस लगायतका करिब १ दर्जनसहकारी संस्थाहरुले स्वास्थ्य सामाग्री, खाद्यन्न, तरकारी र दैनिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराएका छन् । विपत ब्यवस्थापनमा सहकारीको सहकार्य प्रशंसनिय रहेको छ ।
केन्द्रमा संकलन भएका खाद्य सामाग्रीमा आवश्यकता अनुसार नगरपालिकाले थप ब्यवस्थापन गरी वडा मार्फत वितरण गर्ने व्यवस्था रेहको सदस्य सचिव सोनामले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार