४ वैशाख २०८३, शुक्रबार

भक्तपुरको टोल टोलमा तरकारी पुर्याउँदै सहकारी

२०७६ चैत २४, सोमबार
भक्तपुरको टोल टोलमा तरकारी पुर्याउँदै सहकारी

भक्तपुर, २४ चैत

अहिले देश कोरोना भाईरस (कोभिड–१९) को आक्रान्त अवस्थामा छ । सहकारी संघ ÷संस्थाहरुले समेत सहज तरिकाले सेवा प्रवाह गर्न सकिरहेको छैन । कोरोनाको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनका कारण भक्तपुरका किसानहरुले आफ्नो उत्पादन बजारमा पु¥याउन पाएका छैनन् । उपभोक्ताले पनि ताजा तरकारी खान पाएका छैनन् ।

एकातिर किसानको बारीमा तरकारी कुहिने अर्को तिर उपभोक्ताले खान नपाउने स्थिति सिर्जना भएपछि जिल्ला कृषि सहकारी संघले असहज परिस्थितिमा घर–घरमा तरकारी पु¥याउने अभियान संचालन गरिरहेको छ । भक्तपुरको सीपाडोलमा उत्पादन भएका तरकारीलाई उपभोक्ताको घररघर पुर्याउने काम भइरहेको छ । होम डेलिभरीको लागि १० जनाको समूह छ । १० जनाको नेतृत्व जिल्ला कृषि सहकारी संघ भक्तपुरका अध्यक्ष शनिस लागेजुले गरिरहेका छन् ।

‘स्थानीय उत्पादन स्थानीय उपभोग’ भन्ने नारा सहित स्वस्थकर तरकारी टोल टोलमा सेवा दिने उद्देस्यले अहिले सदस्य संस्थाका सदस्यहरुको खेत बारीबाट धेरै जसो तरकारी संकलन गर्ने र प्याकिङ गरेर उपभोक्ताको घर-घरमा पुर्याउने अभियान थालिएको छ । यो अभियानमा रात दिन खटिरहेका जिल्ला कृषि सहकारी संघका सचिव समेत रहेका प्रचण्ड प्रधान भन्नुहुन्छ, ‘भक्तपुरका स्थानीय बासिन्दा तथा कृषकहरुले उत्पादन गरेका तरकारीहरु हामीले संकलन गछौं । ढुवानी र भाडा जोडेर प्याकेट बनाउँछौ र उपभोक्ताको माग बमोजिम टोल टोलमा पुर्यौछौ ।’

नेपालमा कोरोनाको संक्रमण फैलन नदिन सरकारले लक डाउन गरेको तेस्रो दिन अर्थात चैतको १४ गतेदेखि सुर्यविनायक नगरपालिका संग अनुरोध गरी काम गर्न सुरु गरेको सचिव प्रधानले बताउनुभयो । संघका सञ्चालक कुलबहादुर नेमाफुकी भन्नुहुन्छ, ‘म पहिले किसान हुँ अनि कृषि सहकारी संस्थाको सदस्य । त्यसैले मैले दुबैको मर्म बुझेको छु । किसानको तरकारीलाई चलेको भाउमा किनेर घरदैलोमा पु¥याउन हाम्रो भूमिका हुनसक्छ भनेर यो काम थालेका हौं ।’

तरकारी बोकेको गाडी चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि र स्वयंसेवकसँग समन्वय गरेर टोल–टोलमा पुग्छ । र, एक–एक मिटरको दूरीमा रहेका उपभोक्तालाई प्याकिङ गरिएको तरकारी बिक्री गरिन्छ ।

सहकारी अब उत्पादनसँग जोडिनु पर्छ भन्ने भावना को कदर गर्दै किसानको उत्पादन उपभोक्तासम्म सहज तरिकाबाट पुर्याउने काम भएको जिल्ला कृषि सहकारी संघका सल्लाहाकार सरिता भट्टराईले बताउनुभयो । सहकारी क्षेत्रले गरेको अदाहरणिय काम भएको उहाँको भनाई छ । संघले च्याउ, बोडी, सीमी, प्यायाज, कागती, गाँजर, आलु, धनियाँ, मुला, मटरकोसा, अण्डा, हरियो खुर्सानी, गोलभेंडा लगायत तरकारी वडा वडा पुर्याईरहेको छ ।

अभिलेख

लोकप्रिय