स्थानीय सरकारलाई नेचुरल सहकारीको सहयोग
काठमाडौं, २३ चैत
जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारीले संस्थाले कोरोना कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि स्थानीय सरकारलाई सहयोग गरेको छ । संस्थाले शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकालाई सहयोग गरेको हो ।
संस्थाले आईतबार शंखरापुर नगरपालिकालाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । संस्थाका सञ्चालक पार्वती मानन्धर, शाँखु सेवा केन्द्र प्रमुख घनश्याम नेपाल र कर्मचारीहरुको उपस्थितीमा ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ लाई पनि ११ हजार रुपैयाँ सहयोग गरेको छ ।
कोरोनाको भाईरसको विपत्तीमा संस्थाबाट केही योगदान होस् भनेर सहयोग गरेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले बताउनुभयो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर सहयोग गर्दै आएको पाठकले बताउनुभयो ।
‘हामी जुन जुन ठाउँमा छौं, त्यहाँका विभिन्न संघ/संस्थालाई सहयोग गर्दै आएका छौं’, पाठकले भन्नुभयो, ‘त्यँही कार्यक्रमको निरन्तरता यो हो ।’ यसका साथै संस्थाका सदस्यप्रति संस्थाको चिन्तन सधैं रहेको पाठकले बताउनुभयो ।
चैत ११ गतेदेखि जारी लकडाउनको समयमा पनि संस्थाले निरन्तर सदस्यलाई सेवा प्रदान गरिरहेको उहाँले बताउनु भयो । ‘हाम्रा सदस्य जहाँ हुनुहुन्छ, त्यही पुगेर वित्तीय सेवा प्रदान गर्दै आएका छौं’, प्रमुख पाठकले सहकारीखबरलाई भन्नुभयो, ‘सदस्यको खातामा पैसा नभएपनि
अत्यावश्यक सामन खरिद र औषधी उपचारको लागि हामी आवश्यक रकम उपलब्ध गराउँछौं ।’ सहकारीले हरेक विपत्तीमा साथ दिनुपर्ने बताउँदै उहाँले नेचुरल सहकारी पूर्ण रुपमा सदस्यप्रति बफादार रहेको जानकारी दिनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार