सहकारीले दुध नउठाउँदा किसानलाई समस्या
सन्तोष तिमल्सिना
काभ्रे : कोरोना भाईरसको रोकथामका लागि सरकारले देश भर लकडाउन गर्ने घोषणा गरेसँगै दुग्ध सहकारीहरु समेत यसको मारमा परेका छन ।
केन्द्रिय सरकारले लकडाउनको समयमा दुध, तरकारी, फलफुल र खाद्यन्न जस्ता अत्यावश्यक सेवा सुचारु गर्ने भननेता पनि काभ्रे मण्डन देउपुर नगरपालिकाले भने सबै दुग्ध संकलन गर्ने सहकारी संस्थाले पूर्ण रुपमा सेवा बन्द गराएको छ । स्थानीय सरकार अर्थात मण्डन देउपुर नगरपालिकाले नै सेवा बन्द गर्न निदेर्शन दिएसँगै सहकारीहरुले दुग्ध संकलन बन्द गराएका छन् ।
मण्डनदेउपुर नगरपालिकाले सबै दुग्ध सहकारीहरुलाई दुध नभर्न सूचना जारी गरेको थियो । नगरपालिकाले नगरक्षेत्रका सहकारी तथा डेरीहरुबाट दुग्ध संकलन र निर्यातमा रोक लगाएको छ । रोक लगाईएका कार्यहरु गरेमा अभिलेख राखी कारबाही गर्ने भएपछि यहाँका सबै दुग्ध सहकारीहरुले दुग्ध संकलन गर्न बन्द गराएका हुन् । मण्डन देउपुर नगरपालिका क्षेत्रमा सना ठूला गरी करिब २० वटा दुग्ध उत्पादन सहकारी संस्थाहरु रहेका छन् । मण्डन क्षेत्रमा दैनिक १५ हजारभन्दा माथी दुध संकलन सहकारीले गर्दै आएका थिए । कृषि, पशु पशुपालन र दुग्ध ब्यवसाय गरी जिविकोपार्जन गर्दै आएका यस क्षेत्रका किसानहरु लकडाउनको ठूलो प्रभावमा परेका छन् ।
दुध संकलनमा स्थानीय सरकारले रोक लगाउँदा किसान मर्कामा परेको केन्द्रिय दुग्ध उत्पादन सहकारी संघका संस्थापक एवं सहकारी अभियान्ता दिपक प्रसाद पौडेलले बताउनुभयो । कारोना संक्रमण रोकथाम र न्युनीकरणको अभियानलाई साथ, सहयोग प्रदान गर्दै तबरले सेवा दिनुपर्ने उहाँले बताउनुभयो । दुग्ध सहकारी संस्थाहरुले संचालन गरेको सेवा बन्द हुँदा किसान सदस्यहरु मर्कामा परेको उहाँले बताउनुभयो ।
नेपाल सरकार कृषि तथा पशुपंन्छी विकास मन्त्रलयले मन्त्री परिषद्को मिति २०७२/१२/१६ को मन्त्री परिषद्को बैठकको दुध, तरकारी, माछा, अण्डा, मासु तथा मासु तथा खाद्यन्न लगायतका सामाग्री नजिकको बजारकेन्द्र वा काठमााडौंसम्म ढुवानी गर्न स्थानीय तहले २५ प्रतिशत अनुदान उपलब्ध गराउने निणर्य गरेकोमा स्थानीय तहले दुग्ध संकलनमा रोक लगाएकोमा आफुलाई चित्त नबुझेको समेत उहाँले बताउनु भयो ।
यता सहकारी विभागले पनि सेवा निरन्तर दिन नर्देशन सहकारीलाई दिएको छ । किसानहरुले उत्पादन गरेको दुध कतिले गाईभैसीलाई नै खुवाएको र कतिपयले खेर फालेको सहकारी अभियान्ता पौडेलले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार