एनसीयूआईका अध्यक्ष यादवद्वारा सहकारी एकताको लागि आव्हान
नयाँ दिल्ली : भारतिय सहकारी अभियानको शिर्ष निकाय नेशनल कोअपरेटिभ यूनियन अफ इण्डिया (एनसीयूआई)का अध्यक्ष डा. चन्द्र पाल सिंह यादवले सम्पूर्ण सहकारीहरु एकताको लागि आव्हान गर्नुभएको छ ।
कोरोना भाईरसको सामना गर्न सहकारीले खेलेको भूमिकाको उच्च प्रसंसा गर्दै राष्ट्रिय विपत्तीमा सबै सहकारी एकताबद्ध भएर अघि बढ्नको लागि अनुरोध गर्नुभएको छ ।
अध्यक्ष यादवले भिडियो सन्देशमार्फत कोरोना भाइरस महामारीको विरूद्ध लड्न शहरी र ग्रामीण इलाकामा रहेका सबै सहकारीहरूबाट सहयोग समेत माग गरेका छन् ।
अध्यक्ष यादवले भन्नुभएको छ, ‘सहकारी संस्थाका कर्मचारीहरुले तलब कटाएर प्रधानमन्त्री कोषमा रकम जम्मा गर्नुभएका छ । यसका लागि म धन्यवाद दिन चाहन्छु ।’
त्यस्तै उहाँले होस्टेल ४८ वटा कोठा आईसुलेसन वार्डमा रुपान्तरण गर्न तयार रहेको बताउनुभएको छ ।
उहाँले कोरोनाको महामारीमा सरकारलाई सहयोग गरेकोमा इफ्को, कृभको, नेफेड लगायत सहकारी संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार