सहकारीकर्मी श्रेष्ठ र अधिकारीद्वारा खाद्यान्न सामग्री वितरण
काठमाडौं :
गोकर्णेश्वर नगरपालिका २, नयाँपाटीमा बसोबास गर्ने मजदुरलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । दैनिक ज्यालादारी र मजदुरी गरेर जिविका निवार्ह गर्ने ५८ मजदुरहरुको परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
नयाँपाटी साकोसका पूर्व अध्यक्ष एवं शिक्षा प्रेमी नारायणभक्त श्रेष्ठ र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)का प्रशासन तथा समन्वय विभाग प्रमुख शिव अधिकारीले उक्त खाद्यान्न सामग्री वितरण गरेको हो ।
८० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्र खरिद गरी ती परिवारलाई वितरण गरेको हो । उक्त सामग्री खरिदमा श्रेष्ठले ६० हजार रुपैयाँ र अधिकारीले २० हजार रपैयाँ खर्चिनु भएको छ ।
श्रेष्ठ र अधिकारी दुबै नयाँपाटीमा बसोबास गर्दै आउनुभएको छ । लकडाउनका कारण मजदुहरुलाई खानको लागि समस्या नहोस् भनेर उक्त सामग्री वितरण गरिएको हो ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार