४ वैशाख २०८३, शुक्रबार

जेष्ट आईडियोलोजी सहकारीको घरदैलो सेवा

२०७६ चैत २१, शुक्रबार
जेष्ट आईडियोलोजी सहकारीको घरदैलो सेवा

काठमाडौं : जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुका लागि घरदैलो सेवा सुरु गरेको छ ।

कोराना भाईरसको कारण चैत ११ गतेदेखि लकडाउन भएको र सदस्यलाई आईपर्ने समस्या समाधानको लागि घरदैलो सेवा सुरु गरेको संस्थाका प्रबन्ध सञ्चालक हेमबहादुर कार्कीले जानकारी दिनुभयो ।

संस्थाले सदस्यलाई आवश्यक पर्ने रकम घर घरमै पुगेर प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

‘यो संक्रमणको बेला आफ्ना सदस्यहरुलाई सेवा दिनुपर्छ भनेर हामीले घरदैलो सेवा सुरु गरेका हौं’, प्रमुख कार्कीले भन्नुभयो, ‘यस बीचमा हामीले करिब एक हजार सदस्यलाई फोन गरेर अवस्था र आवश्यक परे रकम घरसम्म पु¥याउन टेलिफोन संवाद गरेका छौं ।’

सहकारी विभाग तथा सहकारी महासंघ लगायतका संघहरुले जारी गरेको सूचनाको पालना गर्दै संस्थाले सदस्यहरुको स्वास्थ्य स्थिती, पारिवारीक अवस्था, औषधी उपचारका तथा खाद्यान्नको अवस्थाको बारे जानकारी लिएको कार्कीले बताउनुभयो ।

संस्थाको प्रधान कार्यालय न्यूरोड, सेवा कार्यालयहरु मैतिदेवी र काँडाघारी काठमाडौंबाट सेवा प्रदान गरीरहेको छ ।

अभिलेख

लोकप्रिय