४ वैशाख २०८३, शुक्रबार

शुभलक्ष्मी सहकारीद्वारा एम्बुलेन्स सेवा निःशुल्क

२०७६ चैत २१, शुक्रबार
शुभलक्ष्मी सहकारीद्वारा एम्बुलेन्स सेवा निःशुल्क

झापा :

झापाको शुभलक्ष्मी सहकारी संस्था लि. ले लकडाउनको अवधिभर एम्बुलेन्स सेवा निःशुल्क संचालन गर्ने भएको छ ।

गौरादह नगरपालिक- १ मा मुख्य कार्यलय रहेको शुभलक्ष्मी सहकारी संस्था लिमिटेडले एक सूचना जारी गर्दे सो निर्णय सार्बजनिक गरेको हो । संस्थाले लकडाउनको अवधिभरमा संस्थाका शेयर सदस्यहरु विरामी भएर दमक, विराटनगर, धरान, विर्तामोड, भद्रपूरमा रहेका अस्पतालहरुमा उपचारको लागि जाँदा संस्थाको एम्बुलेन्स प्रयोग गरेमा एम्बुलेन्स भाडामा शतप्रतिशत छुट प्रदान गरिने छ ।

यस सहकारीले विगत दश बर्षदेखि एम्बुलेन्स सेवा समेत संचालन गर्दै रहेको संस्थाका ब्यवस्थापक तिलक कार्कीले बताए । विस्वब्यापी रुपमा फैलिएको कोरोना (COVID-19) संक्रमणको माहामारीमा सावधानीको लागि लगाउने पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) समेत एम्बुलेन्स चालकहरुलाई दुईथान उपलब्ध रहेको छ ।

अभिलेख

लोकप्रिय