४ वैशाख २०८३, शुक्रबार

संकटा उपभोक्ता सहकारीको सेवा नियमित, विपत्तमा उपभोक्तालाई राहत

२०७६ चैत २१, शुक्रबार
संकटा उपभोक्ता सहकारीको सेवा नियमित, विपत्तमा उपभोक्तालाई राहत

काठमाडौं : काठमाडौंको यगालमा रहेको संकटा उपभोक्ता सहकारी संस्थाले उपभोक्तालाई आफ्नो सेवा नियमित दिदै आएको छ ।

सिंगो मुलुक लकडाउन भएको अवस्थामा पनि संस्थाले आफ्नो सेवालाई सुरक्षित तबरले सञ्चालन गरिरहेको छ । कोरोनाको जोखिमलाई मध्येनजर गर्दै बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म सुरक्षित र ब्यवस्थित रुपमा गुणस्तरीय खाद्य सामाग्रीहरु विक्रि गर्दै आएको संस्थाका अध्यक्ष दिब्येश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाले हरेक सामान सर्बसुलभ मूल्यमा समेत बिक्री बितरण गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थाले विभिन्न व्यक्ति वा कम्पनीसँग भएको सामन खरिद समेत गर्ने जनाएको छ । विपत्तको समयमा केही रुपमा भएपनि राहत दिने उद्देश्यका साथ निरन्तर सेवा प्रदान गरिरहेको छ ।

अन्यत्र पसलहरुको तुलनामा सस्तो र गुणस्तरिय सामान पाउने भएपछि उपभोक्ताको पहिलो रोजाई पर्ने गरेको छ । संस्थाले धेरै भिडभाड नहुनेगरी खाद्य सामग्री विक्री गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय