कोरोना राहत प्याकेजमा सहारा नेपाल साकोसको ५० लाख, सदस्यलाई निर्ब्याजी ७ करोड सापटी दिने
बिर्तामोड : झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको अभियानका लागि ५० लाख रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ ।
संस्था २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा सहाराले समुदाय केन्द्रीत राहत कार्यक्रमको प्याकेज घोषणा गरेको हो । क्वारेन्टाइनमा राखिएका नागरिक, खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतका लागि सुरक्षा सामग्रीसहितको व्यवस्थापन र विपन्न नागरिकका लागि खाद्य सहायता हुने गरी राहत प्याकेज घोषणा गरिएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभयो ।
यसअघि संस्थाले प्रदेश १ का विभिन्न क्वारेनटाईन बसेका नागरिकका लागि खाद्यान्न सहायता उपलब्ध गराएको थियो । सहारा कर्मचारी मानवीय सहायता कोषसमेत परिचालन गर्दै राहत प्याकेज बनाइएको कार्यकारी निर्देशक गिरीले जानकारी दिनुभयो ।
देश लक डाउनका बेला सङ्कटमा परेका सदस्यलाई पाँच हजार रुपैयाँ सापटी दिने निर्णय गर्दै सहाराले त्यसका लागि सात करोड रुपैयाँ छुट्याइएको जनाएको छ । सापटी आगामी दुई महिनाभित्र फिर्ता गर्नुपर्छ । सापटीमा ब्याज नलाग्ने कार्यकारी निर्देशक गिरीले बताउनुभयो । संस्थाले चैत मसान्तभित्र बुझाउनु पर्ने किस्ता तथा व्याज बैशाखभित्र बुझाए हुने गरी व्यवस्थापन गर्दै हर्जना छुट दिने पनि निर्णय समेत गरेको छ ।
साहारा नेपाल शुक्रबारबाट २५ औं वर्षमा प्रवेश गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार