कोरोना विरुद्धको अभियानमा आदर्श सञ्चारको १ लाख सहयोग
बागलुङ : आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राष्ट्रिय सहकारी दिवसका लागि छुट्टयाएको १ लाख रुपैयाँ कोरोना नियन्त्रण तथा रोकथामका लागि सहयोग गरेको छ ।
संस्थाले ६३ औं राष्ट्रिय सहकारी दिवसका लागि विनियोजन भएको १ लाख रुपैया मध्ये बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा ५०÷५० हजार सहयोग गरेको हो ।
हरेक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवसका अवसरमा आदर्श सञ्चार सहकारीले सहकारी सचेतना लगायत रचनात्मक, सिर्जनात्मक कार्यक्रम गर्दै आएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुक नै लकडाउनमा रहेकाले यस वर्ष सहकारी दिवस औपचारिक रुपमा मनाउन नपाएपछि संस्थाले दिवसका लागि छुट्टयाएको रकम कोरोना विरुद्धको अभियानमा सहयोग गर्ने निर्णय गरेको थियो । संस्थाको सञ्चालक समितिको बुधवार बसेको अनलाइन वैठकले बागलुङ नगरपालिकालाई ५० हजार र काठेखोला गाउँपालिकालाई ५० हजार सहयोग गर्ने निर्णय गरेको थियो । संस्थाले सहकारी दिवसका अवसरमा बागलुङ नगरपालिकाका विभिन्न वडामा ८ वटा र काठेखोला गाउँपालिकाका विभिन्न वडामा ७ वटा कार्यक्रम गर्ने योजना बनाएको थियो । कोरोना संक्रमणका कारण सबै कार्यक्रम स्थगित भएको संस्थाले जनाएको छ ।
राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीवार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीम विश्वकर्मालाई संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले चेक हस्तान्तरण गर्नु भएको हो । सहकारी दिवसका लागि छुट्टयाएको रकम सहकारीको सातौ सिद्धान्त अन्तर्गत समुदायको हितमा प्रयोग गर्नका लागि सहयोग गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले आदर्श सञ्चार सहकारी संस्थाले सूचना तथा सञ्चारसंगै आर्थिक तथा सामाजिक रुपान्तरणका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र मुलुकमा देखिएको विषय परिस्थितिमा स्थानीय सरकारलाई सहयोग गरेर थप उत्साहित बनाएको बताउनुभयो । उहाँले नगरपालिकाले कोरोना नियन्त्रणका लागि आवश्यक कामका लागि सबै क्षेत्रको सहयोग र समन्वयको अपेक्षा गरेको भन्दै जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिका सक्रिय रहेको बताउनुभयो ।
काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीम बहादुर विश्वकर्माले काठेखोला गाउँपालिकाले कोरोना नियन्त्रण तथा उपचारका लागि स्थानीय संघ संस्था, कार्यालय तथा व्यक्तिहरुसंग सहकार्य गरेर अगाडि बढेको बताउनुभयो ।
साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक प्रकाशनका साथ आदर्शसञ्चार अनलाईन सञ्चालन गर्दै आएको छ । संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर रकम, २२ करोड वचत, २४ करोड ऋण लगानी रहेको संंस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार