४ वैशाख २०८३, शुक्रबार

कोरोना उपचार कोषमा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको १ लाख ११ हजार सहयोग

२०७६ चैत २०, बिहिबार
कोरोना उपचार कोषमा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको १ लाख ११ हजार सहयोग

पोखरा : कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक लाख ११ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।

पोखरा महानगरपालिकाले स्थापना गरेको उक्त कोषमा सहकारीका व्यवस्थापकहरुबाट संकलन गरेर जम्मा गरेको क्लबका अध्यक्ष डम्बरसिंह बस्नेतले जानकारी दिनुभयो ।

म्यानेजर्स क्लब कास्की जिल्लामा क्रियाशिल सहकारीका व्यवस्थापकहरुको साझा संस्था हो । सहकारी दिवसको सन्दर्भमा क्लबले कोषलाई सहयोग गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय