किसान साकोसको १९ औं सेवा केन्द्र भरतपुरमा
गैंडाकोट, ४ चैत्र
किसान बचत तथा ऋण सहकारी संस्थाले भरतपुर महानगरपालिकामा नयाँ सेवाकेन्द्र खोलेको छ । चितवनको भरतपुर महानगरपालिका–१० स्थित रमाइलोचोकमा सहकारीको १९ औं सेवा केन्द्रका रुपमा ‘सप्तरंगी सेवाकेन्द्र’ को शुभारम्भ गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रवक्ता एवं भरतपुर १० का वडा अध्यक्ष अरुणपिडित भण्डारीले रिबन काटेर नयाँ सेवाकेन्द्रको उद्घाटन गर्नुभएको हो । सोहीक्रममा बोल्दै अध्यक्ष भण्डारीले नीति, विधि र प्रविधियुक्त किसान साकोसका सेवा भरतपुरमा विस्तार भई २ स्थानसम्म सेवा केन्द्र पु¥याएकोमा सहकारीलाई बधाइँ दिंदै महानगरपालिकामा स्वागत गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहकारीका अध्यक्ष श्रीहरि चालिसेले चितवन, नवलपुर र तनहुँ जिल्लासहित ३ वटा प्रदेशबाट सहकारीको सेवा प्रवाह हुँदै आएकोमा भविष्यमा सातै प्रदेशसम्म सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले सहकारीको १९ औं सेवाकेन्द्रकारुपमा अहिले सप्तरंगी सेवाकेन्द्र शुभारम्भ गरिएको भन्दै अन्य केहि सेवाकेन्द्र शुभारम्भ गर्ने अवस्थामा रहेको सार्वजनिक समेत गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटाले संस्थाको भावि कार्यक्रम बारे जानकारी दिंदै सहकारीले ४ वर्षमा १ लाख शेयर सदस्य र पाँच अरबको सम्पतिसहित नेपालकै सर्वोत्कृष्ट सहकारीका रुपमा कायम गर्न रणनैतिक योजनासहित अघि बढेको धारणा राख्नुभएको थियो ।
सेवाकेन्द्रका संयोजक हरिराम रेग्मीले साविकको सप्तरंगी साकोस किसानसँग एकीकरण भए सँगै यहाँ धेरै सेवासुविधा प्राप्त भएकोभन्दै खुसी प्रकट गर्नुभयो ।
यसैबीच सहकारीका वरिष्ठ अधिकृत गणेशप्रसाद शर्मा पौडेलले सहकारीको विद्यमान अवस्थाबारे सञ्चारकर्मीलाई जानकारी दिनुभएको थियो । वरिष्ठ अधिकृत पौडेलले साविकको सप्तरंगी साकोससँग किसानको एकीकरणसँगै हाल संस्थामा ५६ हजारभन्दा बढि शेयर सदस्य रहेको बताउँनुभयो । सहकारीले २० वटा सेवाकेन्द्रबाट सेवाप्रवाह गर्दै आएको यस्तै २२ करोड शेयरपुँजी र २ अरब कुल सम्पति रहेको जानकारी दिनुभएको थियो ।

शुभारम्भ कार्यक्रममा किसान साकोसका निर्वमान अध्यक्ष गोपालप्रसाद गौतम, पूर्व अध्यक्ष तिलकप्रसाद पराजुली, उपाध्यक्ष भोजराज पौडेल, सहसचिव सरस्वती कंडेल, सहकारीकर्मी दुर्गाप्रसाद चालिसे, राजेन्द्र गौतम, सप्तरंगी सेवाकेन्द्रका सञ्चालकलगायत सहकारीकर्मीहरुको उपस्थिति रहेको थियोे । शुभारम्भ कार्यक्रमको सहजीकरण सहकारीका सचिव अनिल सापकोटाले गर्नुभएको थियो र
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार