सन्दर्भ व्याजदरको विरोध गर्नेको संस्थामा अनुगमन, अनुगमनपछि डराए सहकारीकर्मी
काठमाडौं, २८ फागुन
सन्दर्भ व्याजदरको विरोध गर्ने सहकारीका सञ्चालकहरु अहिले कुनै पनि कार्यक्रममा यस विषयमा केही बोलेको पाइदैन ।
सहकारी विभागले सन्दर्भ व्याजदर लागू गर्ने वित्तिकै कार्यक्रम नै गरेर विरोधमा उत्रिएका सहकारीकर्मीहरु यती बेला कुनै पनि कुरा गर्न खोज्दैनन् । धेरै सहकारीका सञ्चालकलाई उचालेर विरोध कार्यक्रम गर्ने र अहिले किन चुप बसेका होलाल् ? अहिले ति सहकारीका सञ्चालकहरु सन्र्दभ व्याजदर पूर्ण रुपमा कार्यान्वयन गरिरहेका छन् ।
सहकारी विभागले विरोध गर्ने सहकारीका सञ्चालक आवद्ध सहकारीको अनुगमन गर्न थालेपछि ति व्यक्तिहरु चुप बसेका हुन् । विरोधमा उत्रिएका सञ्चालका सहकारीमा व्याजदरको अनुगमनलाई तिब्र बनाएसँगै ति सहकारीकर्मी चुप बसेको सहकारी विभाग स्रोतले जनाएको छ ।
‘व्याजदर कार्यान्वयन गर्दैनौं भन्ने ति सहकारीकर्मीको संस्थामा हामीले अनुगमन गर्न सुरु ग¥र्यौ’, विभाग स्रोतले भन्यो, ‘त्यसपछि डराएर कार्यान्वयनमा गए । अनि चुप चाप बसे ।’

सहकारी विभागले साउन १९ गतेबाट सन्दर्भ व्याजदर लागू गरेको हो । सहकारी संस्थाले १६ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने गरि व्याजदर तोकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार