७ असोज २०८३, बुधबार

विकू बचतको १४ औं सेवा केन्द्र प्रगतिनगरमा

२०७६ फागुन २५, आईतवार
विकू बचतको १४ औं सेवा केन्द्र प्रगतिनगरमा

गैंडाकोट, २५ फागुन

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवचुली नगरपालिका-१५ मा सेवा केन्द्र बिस्तार गरेको छ । संस्थाले आईतबारबाट एक कार्यक्रमको बीच धौलागिरी चोकमा प्रगतिनगर सेवा केन्द्र सेवा शुभारम्भ गरेको हो ।

विकूको १४ औं सेवा केन्द्रका रुपमा प्रगतिनगर सेवा केन्द्र शुभारम्भ गरिएको संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले जानकारी दिनुभयो । विकू सहकारीमार्फत वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिवद्धता, लगनशिलता, निरन्तरता, पारदर्शीताका साथ सदस्यमैत्री कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष सापकोटाले बताउनुभयो । संस्थागत विकासका लागि नीति, विधी र प्रविधीका साथ अघि वढिरहेको उहाँको भनाई छ ।

विकूले नवलपरासी (वर्दघाट सुस्तापूर्व), नवलपरासी (वर्दघाट सुस्तापश्चिम) र चितवन गरी ३ जिल्लामा कार्यक्षेत्र विस्तार गरि सेवा प्रदान गर्दै आईरहेको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो । यी क्षेत्रमा १९ वटा सेवा केन्द्रमार्फत सहकारीका कार्यक्रम अघि वढिरहेको उहाँको भनाई छ ।

प्रगतिनगर सेवा केन्द्र शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै देवचुली-१५ का वडा अध्यक्ष हरिभक्त भट्टराईले यस क्षेत्रका सदस्यहरुलाई आर्थिक रुपमा सबल बन्ने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले विपन्न परिवारको आर्थिक जीवनस्तर मजबुत बन्ने खालका वित्तीय साक्षरता सहितको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले विकू सहकारीमाफर्त यहाँका वासिन्दालाई आर्थिक कारोबारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

विकूको कुल पुँजी ५ अर्ब पुगेको छ । संस्थाको सेयर पुँजी ५० करोड रहेको छ भने संस्थामा ७० हजार सेयर सदस्य रहेको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सेवा केन्द्र शुभारम्भ कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष केशवप्रसाद सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष माधवप्रसाद गौतम, उपाध्यक्ष होमनाथ जैशी लगायत विकूका सञ्चालक, विभिन्न सेवा केन्द्रका संयोजक, सेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

अभिलेख

लोकप्रिय