सहकारी मन्त्रालयको सचिवमा केदार न्यौपाने
काठमाडौं, २० फागुन
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिवमा केदार न्यौपाने हुनुभएको छ ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्य गौतम सरुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव हुनुभएको छ । न्यौपाने यस अघि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । सहकारी विभागको रजिष्ट्रार समेत भैसक्नुभएका न्यौपाने मन्त्रालयमा आएपछि सहकारी क्षेत्र उत्साहित भएका छन् ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेको सरुवा गरेको हो । न्यौपानेका साथै ६ सचिवको सरुवा, नयाँ एक सचिवको पदस्थापन र एक कामु सचिवको पदस्थापन गरेको हो ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा हुनुभएको छ ।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यमकुमारी खतिवडा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा हुनु भएकी छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका चन्द्र घिमिरेलाई ल्याइएको छ ।
नयाँ बढुवा भएका सचिव एकनारायण अर्याललाई बैठकले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकरी अधिकृतमा पदस्थापन गरेको छ। भने कामु सचिवमा बढुवा भएका सहसचिव रामशरण पुडासैनीलाई अर्थ मन्त्रालयको राजश्व सचिवको जिम्मेवारी दिइएको छ।
सरुवा र पदस्थापन भएका सबै सचिवले मंगलबार पत्र बुझेका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार