७ असोज २०८३, बुधबार

ललितपुर साकोस समिट–२०७६ स्थगित

२०७६ फागुन १९, सोमबार
ललितपुर साकोस समिट–२०७६ स्थगित

ललितपुर, १९ फागुन

चौथो ललितपुर साकोस समिट–२०७६ स्थगित भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा फागुन २२,२३ र २४ तय भएको समिट अर्को सुचना वा जानकारी नभए सम्मका लागि स्थगित भएको हो ।

मित्र राष्ट्र चीनको उहान प्रान्तबाट फैली हाल विश्वभर फैलिएर महामारीको रुप लिन थालिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै समिट स्थगित गरेको हो ।

नेपाल सरकारले नेपाल वर्ष २०२० को कार्यक्रम लगायत अन्य कार्यक्रमहरुलाई स्थगन गर्दै फागुन १८ गते कुनै पनि सभा सम्मेलन, गोष्ठी, भोज भत्तेर जस्ता धेरै मानिसहरु जमघट हुने कार्यक्रम नगर्नु, नगराउनु भन्ने सुचना जारी गरेपछि समिट स्थगित गरेको संघका अध्यक्ष रामहरि बजगाईंले जानकारी दिनुभयो ।

उक्त कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै फागुन १९ गते बसेको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको आकस्मिक संयुक्त बैठकको निर्णयानुसार अर्को सुचना वा जानकारी नभए सम्मका लागि समिट स्थगित गरिएको उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय