८ असोज २०८३, बिहिबार

ज्योति मिर्मिरे सामूहिक साकोसको ७ औंं एकिकरण उत्सव, जन्मज्योति पनि गाभियो

२०७६ फागुन १९, सोमबार
ज्योति मिर्मिरे सामूहिक साकोसको ७ औंं एकिकरण उत्सव, जन्मज्योति पनि गाभियो

 

बनेपा, १९ फागुन

पनौती–६ स्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको ७ औं एकिकरण दिवस एवं एकिकरण घोषणा सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौडयालको प्रमुख आतिथ्यता रहेको थियो ।

२०५६ सालदेखि निरन्तर नीति, विधी र प्रविधिमा सञ्चालित यस संस्था २०६९ साल फागुन १९ गते ४ वटा बीच सहकारी एकिकरण गरेको थियो । संस्थाले ७ औं एकिकरण उत्सव मनाईरहँदा पनौती–११ मा रहेको जन्मज्योति महिला विकास बहुउद्धेश्य सहकारी संस्थासँग सोमबार (१९ फागुन) एकिकरण गरी सहकारी एकिकरणको अभियानलाई अझ बजबुद्ध बनाएको छ ।

कार्यक्रममा निःशुल्क दन्त शिविरको आयोजनाबाट १५० जनाको दन्त परिक्षण गरिएको थियो । संस्थामा ७० वर्ष भन्दा माथिको जेष्ठ सदस्य ३५ जना लाई सम्मान गरिएको थियो । मासिक उत्कृष्ठ बचत तथा ऋण कारोबार गर्ने सदस्यको सम्मान समेत गरिएको थियो ।

अभिलेख

लोकप्रिय